४ असोज, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा उपसचिव प्रेमप्रसाद अचार्यलाई खटाएको छ । आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न दिने निर्णग गरेको हो । मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलकाअनुसार आपूर्ति मन्त्री शिवकुमार मण्डलले आचार्यलाई अर्को व्यवस्था नभएसम्म निगमको कार्यकारीका रुपमा काम गराउने निर्णय गरेका हुन् ।मन्त्रिस्तरीय निर्णयबाट निगमको कार्यकारी निर्देशक भएका अचार्य आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख हुन् ।निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले बर्खास्त गरेको थियो ।
दशैंको समयमा निगमक नेतृत्वविहीन हुँदा पेट्रोलियम आपूर्तिमा समस्या पर्न सक्ने भन्दै आचार्यलाई सरकारले प्रमुुखको जिम्मेवारी दिएको हो ।
Previous Article२०७४ असोज ४ बुधबारको राशिफल
Next Article बागलुङका मनिस काठमाण्डौमा सम्मानीत ।