बागलुङ,४ असोज/मानव सेवा आश्रम बाग्लुङको संयोजक मनिस रायमाझि काठमाण्डौमा सम्मानित भएका छन् । खेलकुदको बिकाशमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै रायमाझी कुलदेवता समितिले उनलाइ सम्मान गरेको हो ।
नेपालको खेलकुद बिकाश तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै उनलाइ अभिनन्दन सहित सम्मान गरीएको रायमाझी कुलदेवता समितिले जनाएको छ । उनि सेफ द युथ नेपाल, रोट्रेक क्लब अफ बाग्लुङ, मानव सेवा आश्रम बाग्लुङ,नेपाल रेडक्रस सोसाईटी लगाएत आधा दर्जन बढि संघ संस्थामा अवद्ध छन् ।
खेलकुदको क्षेत्रमा कराँतेका तेश्रो ब्ल्याकबेल्ट लिएका उनि कराँतेका राष्ट्रिय रेफ्री समेत हुन् । सम्मान ग्रहण गर्दै रायमाझिले आफुलाइ अझै बढि सामाजिक क्षेत्रमा काम गर्ने हौषला बढेको बताए । युवाहरुले चाहे देशमानै नविन कामको थालनि गर्ने भन्दै उनले सामाजिक क्षेत्र आत्मा सन्तुष्टि लिने क्षेत्र भएको बताए ।