ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज ४ बुधबार, औंसी२० सेप्टेम्बर २०१७
तपाईको आज
मेष– समयले साथ दिने छ आँटेका काम बन्ने छन्।
वृष– रोग व्यादको समय छ सजग रहनु बेश होला।
मिथुन– मान सम्मान बढेर जाने योग छ ।
कर्कट– असन्तोषरुपी ज्वाराभाटाले चित्त डुबानमा पर्ने ।
सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
वृश्चिक– सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
कुम्भ– थालेका कर्याले सफलताको मार्ग पक्रिने ।
मीन– परिवारमा खुसियाली छाउने