गजल
🖎 विनोद विवश
नौ तले महल पनि कसैलाई सानो लाग्छ
कोही कसैलाई आफ्नै हात छानो लाग्छ
किन एक पटक मार हानेर छोडेकी प्रीया
तिमीलाई त मेरो यही दिल अचानो लाग्छ
कसले भन्छ ? छोरो फेरिन्छ बिहे गरेपछि
आफूलाई त आमाकै काख न्यानो लाग्छ
मेरा आँखा देखेपछि एउटा साथीले भन्यो
आजकल त्यो समुन्द्र पनि ओभानो लाग्छ
हाम्रो गुजारा चल्दै चल्दैन प्यारी यति नगरे
लाग्न त मलाई यो परदेश साह्रै विरानो लाग्छ
जैमिनी ०१, बागलुङ