बागलुङ/संविधान दिवसका अवसरमा बागलुङ बजारमा प्रभातफेरी तथा अन्तर संवाद कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले संविधानको प्रभावकारी कार्यन्वयनमा लाग्नुपर्नेमा जोड दिएका छन् । अहिले संविधान कार्यन्वयनका क्रममा स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न हुनु ठुलो उपलब्धि भएको उल्लेख गर्दै अब सबै मिलेर नयाँ संविधान मार्फत दिगो शान्ति र समृद्धि ल्याउनु पर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले नेपाली जनताले लामो संर्घष, त्याग र बलिदानबाट प्राप्त भएको संविधानको कार्यन्वयनमा सबै लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले आफ्ना अधिकार सहित कर्तव्य पालना गरेर संविधान कार्यन्वयन गरेमा देशलाई सही मार्गबाट अघि बढाउन सकिने बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, बरिष्ठ अधिवत्ता कृष्णप्रसाद शर्मा न्युरे, नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष कृष्ण पाठक, नेकपा माओवादी केन्द्रका ग्यामनाथ गैरे अनिल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुवर, नयाँ शक्ति पार्टीका बमबहादुर गुरुङ, अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष भविकला रोका, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बोलेका थिए । दिवसको अवसरमा नेपालको संविधानको मुलभूत बिशेषताका बारेमा तयार वृत्तचित्र समेत प्रर्दशन गरिएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका सूचना अधिकारी अखिलनाथ शर्माले गर्नुभएको थियो । यसैबीच, संविधान दिवस २०७४ बडीगाड गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजा, नेपाली काग्रेसका योगेन्द्र खरेल, एमालेका तिर्थमणि भुसाल, भानु माविका प्रअ केशव खरेल, पत्रकार कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सितेरियो कराँतेको तर्फबाट विभिन्न काँटा, विद्यार्थीहरुको नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम गाउपालिका अध्यक्ष मेयरसिंह पाईजाको अध्यक्षता, वडा नं ८ का वडा अध्यक्ष कृष्ण गुरुङको स्वागत तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो । गाउँपालिका कार्यालय ग्वालीचौरमा भएको कार्यक्रममा भानु मावि र खार माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैबीच, संबिधान दिवसको अवसरमा गलकोट नगरपालिकाको आयोजनामा बिकासमा स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति जिम्मेबार बनाउदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य फमबहादुर खत्री, नेकपा एमालेका बुलबहादुर केसी, नेकपा माओबादी केन्द्रका तिलक उप्रेती, राष्ट्रिय जनमोर्चाका टंकबहादुर केसी, गलकोट नगरपालिका नगर समिति संयोजक चन्द्रदत्त रेग्मी, गलकोट बहुुमुखी क्यापसका क्यापस प्रमुख कृष्णप्रसाद गौतम, गलकोट सेवा केन्द्रका प्रमुख मञ्जु शर्मा चालिसे, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डे, नेपाली कांग्रेसका पुर्व महाधिबेसन प्रतिनिधि घनश्याम गौतम, वडा नम्बर २ नरेठाँटीका अध्यक्ष हिमबहादुर भण्डारी, वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारी, गलकोट बहुमुखि क्यापसका स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष गुमानसिंह भण्डारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिपचन्द सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।