बागलुङ/नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीमा विस्तारित वडा भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसीले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि नेकपा एमालेको विकल्प नभएको दावी गरिन् । देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डा सहित राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि सति साल जस्तै उभिएको एमालेले ढुक्कसंग ५ वर्ष सरकार सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसीले मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, नेकपा एमाले क्षेत्रीय कमिटिका पूर्व सदस्य सुभास गौतम, काठेखोला गाउँपालिका वडा नंं. ८ का वडा अध्यक्ष चित्रकला छन्त्याल, नेकपा एमाले वडा कमिटि सदस्यहरु विष्णु कंडेल र एकराज कंडेल लगायतले देश र जनताको भलाईका लागि एमालेको नेतृत्वमा बहुमत सहितको सरकार आवश्यक रहेको बताएका थिए । कार्यक्रम एमाले वडा कमिटि अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षता, सहसचिव भक्तबहादुर पुनो सञ्चालन र आर्थिक विभाग प्रमुख मनबहादुर काउचाको स्वागतमा सम्पन्न भएको थियो ।
विस्तारित बैठकमा सम्पन्न महिलाहरुको भेलाले अखिल नेपाल महिला संघ वडा कमिटि लेखानी गठन गरेका छन् । कमिटिको अध्यक्षमा धनिमाया विक, उपाध्यक्ष जुना क्षेत्री, सचिव तेजु पुन, सहसचिव चित्रकला क्षेत्री र कोषाध्यक्ष कमला पुन रहेका छन् । सदस्यहरुमा चन्द्रा पुन, कुमारी श्रीस, तममाया विक, अमृता श्रीस, हरिमाया रोका, कमला रोका, सुनमाया पुन, अनमाया राना, रुपा विक, रनमाया विक, नरमाया श्रीस, रुपा श्रीस, चमेली नेपाली, यामकुमारी काउचा, सिर्जना पुन, दुर्गा घर्ति मगर रहेका छन् । भेलाले चमेली विक, चित्रकला छन्त्याल श्रीस, चिजा विक, देवी गौतम, पार्वती जिसी, सिमा पुन, मिरा श्रेष्ठ र सुशिला श्रेष्ठलाई अनेम संघ वडा कमिटिको सल्लाहकारमा चयन गरेको छ ।
Previous Articleअध्यक्ष कँडेलका १०० दिन: खानेपानी, पशुपालन र सामाजिक सुरक्षा
Next Article भिमसेन माबिका प्राचार्यको बिदाइ