बागलुङ, ४ असोज – काँठेखोला गाउँपालिका-६ विहुँका अध्यक्ष युक्त प्रसाद कँडेलले कार्यसम्पादन गरेको १०० दिनको अवसरमा आफुले गरेको काम र योजना प्राथमिकरणका वारेमा सार्वजानिक गरेका छन । अध्यक्ष कँडेलले खानेपानी, पशुपालन, यातायात, कृषि र सामाजिक सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको वताए ।
पदभार ग्रहण गरेको १०० दिन पुरा भएको अवसरमा मंगलवार आयोजना गरिएको वार्ड भेलामा कँडेलले ८४ लाख रुपैयाँ बराबरको योजना सार्वजनिक गरे । उनले वडाको आवश्यकता अनुसार योजनाको प्राथमिकीरण गरिएको वताए । गाउँपालिका अन्र्तगतका धार्मिक तथा पर्यटकीय सम्भावनाका क्षेत्र राममन्दिर, बिहुकोट, शिवालय मन्दिर लगायतका क्षेत्रको मर्मत सम्भार र व्यवस्थापनलाई पनि कामको सूचीमा राखेका छन ।
वडाभित्र कार्यक्रम संचालन गरेका सामाजिक संघसंस्थालाई वार्ड कार्यालयमा नियमपूर्बक दर्ता गरी कार्य सञ्चालन गर्न आग्रह गर्दै अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा नियम बिपरितका कुनैपनि गतिबिधी हुन नदिने दाबी गरे ।
दलित, महिला ज्येष्ठ नागरिक, अपाङ्ग लगायतका बिपन्नबर्गको हकहितका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने वताउदै स्थानिय आवश्यकताको आधारमा बिकास निर्माणका योजनालाई शुरु गरे आफ्नो तर्फबाट बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाए । करको दायरालाई ब्यवस्थित गर्ने, शिक्षालाई गुणस्तरीय बनाउन जोड दिने, बाटोघाटोको मर्मत सुधार लगायत समाजिक रुपमा भैपरी आउने आउने काममा क्षमताले भ्याएसम्म ईमान्दारीपूर्वक कार्य गर्ने प्रतिवद्धता कँडेलले आफ्ना मतदातासमक्ष राखे ।
सो कार्यक्रममा समाजसेबी देबीप्रसाद कँडेल, नेकपा एमालेका प्रतिनिधी हरिप्रसाद कंडेल, अमृतपानी निमाबिका प्रधानाध्यापक दिलप्रसाद कँडेल र पत्रकार कोपिला कँडेल लगायतले वडामा विकासका लागि ध्यान दिनुपर्ने विषयमा मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनोजकुमार कार्कीले र स्वागत वडा सदस्य लिला ढुङ्गानाले गरेका थिए ।
Previous Articleचुनिएको चार महिनापछि स्थानीय तहले पायो कानुन
Next Article लेखानीमा एमालेको भेला