बागलुङ/सांसद ज्ञानकुमारी छन्त्यालले निसीखोला गाँउपालिका र ढोरपाटन नगरपालिकाका पहिरोमा परि ज्यान गुमाएका परिवारका सदस्यलाई राहत रकम हस्तान्तरण गरेकी छिन् । सांसदको सक्रियतामा स्वदेश तथा बिदेशमा रहेका बिभिन्न ब्यतिmहरुबाट संकलन गरिएको ६० हजार रुपैयाँ प्रतिमृतक १० हजार रुपैयाँका दरले राहत वितरण गरिएको हो । बुर्तिबाङस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका अबसरमा सांसद छन्त्यालले पीडित निसीखोला गाँउपालिका–२ का मनीमान छन्त्यालका छोरा रेमबहादुर छन्त्याललाई परिवारका चारजनाको निधनमा प्रति मृतक १० हजारका दरले ४० हजार, निसीखोला गाँउपालिका–१ हुल्दीमा मृतक खगिमला सिँजालीका छोरा लोकेन्द्र सिँजाली र ढोरपाटन नगरपालीका–५ मृतक आमेप्रसाद बिककी श्रीमती दिलकुमारी बिकलाई १०÷१० हजारका दरले राहत हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै सांसद छन्त्यालले आफुले घटनाको बिषयमा पटक–पटक संसद र प्रधानमन्त्री दैबी प्रकोप कोषमा ध्यानाकर्षण गराईरहेको बताएकी थिइन् ।
Previous Articleजलसमाधिमा विलिन नेपालको जल सम्पदा
Next Article प्रधानमन्त्री देउवा जी, सम्पति विवरण खोई ?