सुन्दर कुमार थकाली
मिस मुस्ताङ घोषित भएकी संञ्चिता सिंजालीले हिमालपारी मुस्ताङ स्वर्गकै एक टुक्रा भएको बताएकी छिन् । थाक खेलकुद तथा सास्कृतिक बिकास संघले शनिवार स्याङ सामुदायिक हलमा आयोजना गरेको मिस मुस्ताङ २०१७ को छनौटमा सोधिएको प्रश्नमा उनले यस्तो अभिव्यक्ति दिएकी हुँन् । मिस मुस्ताङ छनौट समितिले उनलाई तिमी मुस्ताङको परिचय कसरी दिन चाहान्छौ भनेर सोधिएको प्रश्नको उत्तरमा हिमालपारी मुस्ताङ नाम मात्रले बिक्ने दाबी गरिन् । तल्लो मुस्ताङका ७ यूवा क्लवका मिस मुस्ताङ प्रतिस्पर्धीलाई पछाडीपार्दे सञ्चिता ४७औ मिस मुस्ताङको ताज पहिरिन सफल भएकी हुँन् ।
प्रतियोगितामा पहिलो पटक सहभागि हुँदै उनले भनेकी थिईन् मुस्ताङ अथाह अलौकिक संम्पदाले भरिपूर्ण भएकाले स्वर्गको एक टुक्रा भएको परिभाषित गरिन् । उनले मुस्ताङभित्रको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र कागबेनीधामप्रतिको धार्मिक जनआस्थाको वर्णन गरेर नसकिने बताईन् । मुस्ताङको फरक भूगोल र प्रसस्त बुद्धिष्ट गुम्बाहरु भएकाले मुस्ताङ धार्मिक आस्थाको रुपमा बिकसित हुँर्द्र गएको उल्लेख गरिन ।
उनले मुस्ताङ पूराताक्तिक संम्पदा तथा खनिजहरुको प्रचुर संम्भावना भएको जिल्ला बताउँदै यसको अन्वेषण र उत्खनन् गर्न जरुरी भएको बताईन् । उनले मुस्ताङ पाईने ढुङ्गाको समेत ठुलो महत्व रहेको उल्लेख गर्दे मुस्ताङलाई अर्को रुपमा चिनाउँदा हिमाल र स्याउँ फल्ने जिल्ला भएकाले यहाँका हरेक उत्पादनको उक्तिकै डिमाण्ड बढेको बताईन् ।
मिस मुस्ताङ छनौट समितिले सोधेको प्रश्नमा लामो उत्तर दिदै संञ्चिताले मुस्ताङ प्रदेश नम्बर ४ कै श्रीपेच भएको बताईन् । उनले उत्तरी चिनको कोरला नाकासम्मको सडक संञ्चाल र नाका सुचारु भएमा प्रदेश नम्बर ४ कै मुहार फेरिने ठोकुवा गरिन । उनले उपल्लो मुस्ताङमा रहेका धार्मिक, प्राकृतिक र ऐतिहाँसक सम्पदाको संरक्षण गर्नसके आन्तरिक तथा बाह्य पर्यटक बृद्धि हुँने बताईन् ।
तिमी मिस मुस्ताङ बनेपछि केके गर्न सक्तछौ भन्ने अर्को प्रश्नमा सञ्चिताले भनीन ‘यो हाम्रो मुस्ताङको घरेलु प्रतियोगिता भएपनि यस्ले मेरो फ्यूचरलाई महत्वपूर्ण सहयोग पू¥याउँने ठानेकी छु’उनले भनीन्‘यो मेरो जीवनको पहिलो उर्जा हो,पढाई सकेर मुस्ताङकै समुन्नत भविष्य निर्माणमा जुट्ने छु ।’
साविक लेते गाविस र हालको थासाङ गाउँपालिका लेतेकी मिस मुस्ताङ सञ्चिाता सिंजालीको प्रारम्भिक शिक्षा ज्ञानोदय मावि लेतेबाट सुरु भएको हो । उनी प्रबेशिका परिक्षा उर्तिण गरि पोखराको पद्यनरसिंह होममा स्टाफ नर्सको अध्ययन गरेकी छिन्् । १९ वर्षको कलिलै उमेरमा सञ्चिता स्टाफ नर्सको थर्ड ईयरको पढाई भ्याएर बसेकी उनले मिस मुस्ताङ प्रतियोगिताले नया अनुभुति दिलाएको अनुभव सुनाईन् ।
तिमी पढाई सकेर के गछौ भन्ने प्रश्नमा उनले आफु स्टाफ नर्स बनेर गाउँघरकै सेवामा समर्पित रहने उद्घोष गरिन् । मिस मुस्ताङ प्रतियोगिता आयोजक संस्था थाक खेलकुद तथा सास्कृतिक बिकास संघको टिमले मिस मुस्ताङको ताज सुम्पेको हो । प्रतियोगितामा फस्ट रनरअफ निकिता तुलाचन भएकी थिईन् भने सेकेन्ड रनरअफ ईन्दिरा पून भएकी बनेकी थिईन् ।