बागलुङ/चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य चन्द्रवहादुर कार्कीका माता लिलाकुमारी कार्कीको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ । संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले कार्कीको घरमै पुगेरसमवेदना व्यक्त गरेको हो । अध्यक्ष पौडेलले स्व. कार्कीलाई गुमाउनु पर्दा संस्थालाई क्षति पुगेको बताए । सोही क्रममा स्व. कार्की परिवारलाई संस्थाको तर्फवाट अध्र्वदैहीक कर्मका लागि ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको थियो ।