म्याग्दी/बेनीमा आइतबारदेखी धौलागिरि अञ्चलकै सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता सुरु भएको छ । बेनपा–७ मंगलाघाटस्थित बौद्ध यूवा क्लवको आयोजनामा भएको प्रतियोगिताको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योगपति प्रमोद श्रेष्ठले उद्घाटन गदैं जिल्लामा खेलकुद गतिविधिलाई अगाडी बढाउन ब्यवस्थित खेलकुद मैदानको आवश्यकता रहेको बताए । उद्घाटन कार्यक्रमको अवसरमा खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले जिल्लामा १ लाखभन्दा ठुलो राशीको प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीहरुलाई समेत आर्कषित गरेको बताए ।
उनले राष्ट्रिय खेलकुद परिषद्बाट समेत राष्ट्रियस्तरका खेलहरू सञ्चालनका लागि समेत जिल्ला छनौट भएको बताउँदै खेलकुदलाई ब्यवसायीक बनाउन पूर्वाधारमा समेत जोड दिएको बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन कुमार विश्वकर्मा, बेनपा– ६,७ र ८ का वडा अध्यक्ष क्रमश कृष्ण बहादुर बानियाँ, राजेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण बराईली, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । आगामी ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ । यसैविच प्रतियोगिताको उद्घाटन खेलमा माउण्ट एभरेष्ट आवासीय माविलाई ०–१ गोल प्रहार गदैं नेपाल प्रहरी म्याग्दी दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो बौद्ध कपको विजेता समेत रहेको माउण्टका खेलाडीले खेलमा निरन्तर आक्रमक प्रहार गरेपनि अफसाईडका कारण पटक पटकका अवसर गुमाएका थिए ।
विद्यालयबाट एसईईको अध्ययन पछि काठमाण्डौमा अन्डर १९मा ब्यवसायीक क्लवमा आवद्ध रहेका प्रविण हमाल, शिशिर हमाल र उनका सहकर्मीहरुको उपस्थिती रहेको माउण्टका खेलाडीलाई प्रहरीको उत्कृष्ट डिफेन्सले दोस्रो चरणमा प्रवेश गर्ने अवसरबाट बन्चित बनाएको थियो । नेपाल प्रहरी म्याग्दीको नामबाट ब्यवसायीक खेलमा समेत सहभागि भएका खेलाडीहरु समेत प्रतियोगितामा देखिएका थिए । प्रतियोगिताको दोस्रो चरणमा माउण्टका खेलाडीको कमजोरीले पेनाल्टीको अवसर पाएको प्रहरीले गोल प्रहार गदैं अग्रता लिएको थियो । प्रहरीको १ गोल नै निर्णायक बन्यो । दोस्रो खेलमा सेभेन स्टार यूथ क्लव आनन्द बगरले देविस्थान यूथ क्लवलाई १–२ गोल प्रहार गरेको थियो । त्यस्तै पहिलो दिनको अन्तिम खेलमा सिंगा यूवा क्लव र मनसुन यूथ क्लव विचको खेल जारी छ । प्रतियोगितामा प्याराग्लाइडिङबाट खुल्लामञ्चमा बल खसालेर गरिएको थियो ।
Previous Articleप्रदेश नम्वर २ मा स्थानीय चुनाव:सुरुभयो मतदान, मतदाता उत्साहित
Next Article चारतारेको राहत वितरण