बागलुङ/हटाऔं सबै असमानता, बनाऔं बराबरी, समृद्ध समाज निर्माणको लागि लखन सहकारी’ भन्ने नाराका साथ लखन बहुउद्धेश्यीय सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक चण्डीप्रसाद शर्माले सहकारीमार्फत आर्थिक विकासको अभियान अगाडि लैजानुपर्ने धारणा राखे । सहकारी विभागमार्फत काम गरेर जानुपर्ने, दोहोरो सदस्यता हटाउन सहकारी मर्ज गर्ने लगायतका बिषयलाई जोडदार रुपमा उठाए । छुट्टै पहिचान बोकेको सहकारी भएकोले अािर्थक विकासको मेरुदण्डको रुपमा अगाडि बढ्न सुझाव पनि दिएका थिए । साधारणसभाले आर्थिक बर्ष २०७३÷०७४ को प्रगती प्रतिवेदन र आगामी बर्षको प्रस्तावित प्रतिवेदन पारित गरेको छ । सचिव रिता राना पुनको प्रगती प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्रबहादुर पुनको प्रतिवेदन पारित भएको अध्यक्ष मिनबहादुर श्रीषले बताए । मिनबहादुर श्रीषको अध्यषता, उपाध्यक्ष कुशुम बुढाको स्वागत र सचिव रिता पुनको संचालनमा सम्पन्न कार्यक्रममा मगर संघका राजेन्द्र थापा, संकल्प साकोसका अध्यक्ष ओमबहादुर थापा, काठेखोला गापा–१ का अध्यक्ष खड्गबहादुर थापा, जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले बोलेका थिए ।
Previous Articleफुटसलको उपाधि नया“ जीवन पुर्नस्थापनालाई
Next Article चर्चामा दुई अतिवादी