बागलुङ/जिल्लाको पर्यटन क्षेत्रलाई विकास गर्नका लागि बागलुङमा पर्यटन पत्रकार संघ गठन गरिएको छ । शनिबार पत्रकारहरुको भेलाले बिजय रानाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नारायण रिजाल, सचिवमा रबिना बोहरा, सहसचिवमा कृष्ण कँडेल, कोषाध्यक्षमा अञ्जु विश्वकर्मा चयन भएका छन् । यस्तै सदस्यहरुमा संगम घर्ति मगर, अर्जुन कार्की, त्रिलोचन रिजाल रहेका छन् । बाँकी सदस्य र सल्लाहकारहरुलाई समितिको बैठकबाट चयन गरिएको संघले जनाएको छ ।
यस्तै गरी पार्षदमा ताराप्रसाद शर्मा ‘स्टार’ र बिक्रम सुनारलाई चयन गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष र सचिव राम थापा अबिरलले पर्यटन क्षेत्रमा पत्रकारहरुको लेखन शैलीलाई सुधार गर्दै प्रभावकारी ढंगबाट काम गर्नुपर्ने बताएका थिए । पत्रकारहरुको हक अधिकारको संरक्षणका लागि सदैव प्रयत्नशिल रहनुपर्ने भन्दै सिर्जनशिल पत्रकारिता गर्न आग्रह समेत गरेका थिए । सञ्चालन बिजय रानाले गरेका थिए ।
Previous Articleक्षेत्रिय प्रशासकले दिए सरुवाको चेतावनी !
Next Article फुटसलको उपाधि नया“ जीवन पुर्नस्थापनालाई