पर्वत, ३१ भाद्र – पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले आफुँलाई खटाइएको कार्यक्षेत्रमा जान नमान्ने निजामति र स्थानिय तहका कर्मचारीलाई अर्को प्रदेशमा सरुवा गरेर पठाईदिने चेतावनी दिएका छन ।
स्थानिय तहमा खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान नमानेको गुनासो आईरहेका बेला पश्चिमाञ्चल क्षेत्रिय प्रशासक अर्यालले यस्तो चेतावनी दिएका हुन । ‘मुलुकका सबै कुरा अहिले संक्रमणकालीन अवस्थामा गएको बेला संघियता कार्यान्वयनका लागि सबै निजामति कर्मचारीले सहयोगीको भूमिका खेल्नुपर्छ’ पर्वतमा सञ्चारकर्मी संगको अन्तरकृयामा अर्यालले भने ‘आफ्नो कार्यक्षेत्रमा जान मान्दैन भने अर्को प्रदेशमा जानुपर्ने अवस्था आउने छ’ । पर्वतमा स्थानिय तहका जनप्रतिनिधी संगको अन्तरकृयामा कर्मचारीहरु खटाएको ठाउँमा नआउँदा कामकाज गर्न कठिन भएको गुनासो राखेका थिए । प्रशासक अर्यालले प्रदेशस्तरमा जगेडामा रहेका कर्मचारीलाई पनि तत्काल स्थानिय तहमा खटाउने र जिल्लाका सरकारी कार्यालयले पनि कामकाजमा सघाउन काजमा भएपनि कर्मचारी खटाउन निर्देशन दिए ।
उनले प्राबिधीक कर्मचारीहरुले केही समयका लागि भएपनि स्थानिय तहमा गएर काम काज गर्न निर्देशन दिएका छन । ‘खानेपानी,कृषि, सिंचाई, प्राबिधीक कार्यालयका कर्मचारीले केही दिनका लागि भएपनि गएर काम गर्नुपर्छ’ उनले भने । कर्मचारी समायोजन बिधेयक पास भएपछि समस्या नआउने बिश्वास पनि उनको थियो । उनले कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रको अनुदान रकम स्थानिय तहले पुर्वाधार र अन्य क्षेत्रमा बिनियोजन गरेको भन्दै सबै स्थानिय तहले बिशेष सभा गरेर भएपनि पूनः बिषयगत क्षेत्रमा बजेट बिनियोजन गर्नुपर्ने बताए ।
‘कृषि, पशु, सिंचाई, स्वास्थ्य शिक्षामा यस अघि गैरहेको बजेट यस पटक स्थानिय तहमा गएकाले त्यहीबाट बिनियोजन हुनुपर्छ’उनले भने ‘पहिले अन्य शिर्षकमा बिनियोजन भएको छ भने पनि गाउँ÷नगर बिशेष सभा बोलाएर परिर्वतन गर्नुपर्छ’ । कृषकलाई अनुदान नदिने हो भने जनप्रतिनिधीलाई फेरी जनताले खबरदारी गर्ने अवस्था आएकाले उनले बजेट परिमार्जन गर्न सकिने बैधानिक ब्यबस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न आग्रह गरे । अब मुलुक अर्को निर्वाचनको तयारीमा पुगेकाले जिल्लाका सुरक्षा निकायलाई निर्वाचन लक्षित तयारी थाल्न निर्देशन पनि दिए ।
उनले सुरक्षाको अवस्था मज्बुद बनाउँदै निर्वाचन लक्षित भएर योजना बनाउन पनि निर्देशन दिएका थिए । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पर्वतमा १ सय १० जनालाई स्थानिय तहमा खटाईसकिएको जानकारी दिएका थिए ।
Previous Article३१ भाद्र २०७४, ढोरपाटन दैनिक
Next Article पर्यटन पत्रकार संघको अध्यक्षमा विजय राना