बागलुङ/बागलुङमा मंगलबारदेखि सुरुभएको धौलागिरी अञ्चल स्तरिय फुटसल प्रतियोगिताको तेस्रोे दिनपनि चार खेल सम्पन्न भएका छन् । तेस्रो दिनको प्रतियोगितामा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब निलो, राष्ट्रिय प्रजातन्त्र बिद्यार्थी संघ, मानव सेवा आश्रम र बागलुङ स्पोटर्स क्लव, चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब रातो र लिजा ट्रेडस तथा कालिका भगवती युवा क्लब हरियो र नयाँ जिवन पुर्नस्थापना केन्द्रका बिच खेल भएका थिए ।
प्रतियोगिताको पहिलो खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब निलोका तर्फबाट ईश्वर पुनले ३ गोल, दिलिप जिसीले ४ गोल तथा गणेश लामिछानेले ३ गोल गरेका थिए । त्यस्तै मानव सेवा आश्रमका तर्फबाट देशराज चौधरी र छितिज आचार्यले समान ३÷३ गोल गरे । बागलुङ स्पोर्टस् क्लबका तर्फबाट सुवास गुरुङले ४, बिकास थापाले ४, किरण थापाले १ गोल गरेका थिए । तेस्रो खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब रातोले लिजा टे«ेडसलाई ४–११ गोलले हराएको छ ।
चिल्ड्रेन लाइफको तर्फबाट राजेश महतले ६, आकाश केसीले १ किरण थापाले २, श्यामुयल बोहराले १ र १ गोल आत्माघाती भएको थियाो । लिजाको तर्फबाट मिलन थापाले १, आशिस जिसी १, शिव जिसीले १ र सन्दीप शर्माले १ गोल गरेका थिए । तस्रो दिनको चौथो खेल कालिका भगवती युथ क्लव हरियो र नवजीवन पुर्नस्थापना केन्द्रका बीच भएको थियो । खेलमा नवजीवनको तर्फबाट रोसन केसीले ३ र १ गोल आत्माघाती गरेका थिए । उता कालिका भगवतीले भने आत्माघाती एक गोल बाहेक अरु गोल गर्न सकेन् । प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलका खेलहरु हुने आयोजकले जनाएको छ ।
शुक्रबार चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब निलो र बागलुङ स्पोर्टस क्लब तथा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब रातो र नयाँजीवन पुर्नस्थापना केन्द्रबीच खेल हुने खेल संयोजक राजु केसीले जानकारी दिए ।