बागलुङ/दशै, तिहार र छठ पर्वलाई लक्षित गरि बागलुङमा सञ्चालन गरिएको सुपथ मुल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङ शाखाले भदौँ २० गतेदेखी सञ्चालन गरेको सुपथ मुल्य पसलमा बुधवार छैठौँ दिन ३ हजार ८ सय ७ जना सेवाग्राही लाभान्वित भएका छन् । बुधाबारसम्म २२ हजार ८ सय किलो चिनी बाट १७ लाख ७० हजार ४ सय ८७ रुपैया र ११ हजार २ सय ४० किलो आयोनुन विक्री बाट २ लाख २ हजार ३ सय २० गरि जम्मा १९ लाख ७२ हजार ८ सय ७ रुपैँयाको कारोवार गरेको साल्ट ट्रेड्रिङले जनाएको छ ।
Previous Articleपोखरामा देखियो पुतलीबाट लाग्ने डरलाग्दो रोग
Next Article फुटसलका चार खेल सम्पन्न