बागलुङ/ढोरपाटन नगरपालिका बुर्तिवाङमा रहेको उत्तरगंगा माध्यमिक बिद्यालयमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयलाई सफा, स्वच्छ, सुन्दर तथा पर्यावरणमैत्री बनाउनुका साथै बिद्यार्थीलाई पठनपाठन तथा प्रयोगात्मक क्रियाकलापमा सहज होस् भनेर कक्षा १२ का बिद्यार्थी र बिद्यालयका प्रधानाध्यापकको अगुवाई तथा कक्षा ११ का बिद्यार्थीको सहयोगमा बिभिन्न खाले ८६ भन्दा बढी बिरुवा रोपिएको छ ।
बुर्तिबाङ आसपासमा नर्सरीको अभावका कारण बिद्यालयका प्रअ धनबहादुर कुँवरले पोखराबाट गोल्डेन हेज ८०, माईकीन पुष्प ३ र कल्की फुलका ३ बटा बिरुवा तथा अन्य स्थानिय प्रजातिका फुल तथा बिरुवा ल्याएर बिद्यालय परिसरमा बृक्षारोपण गरिएको कक्षा १२ का बिद्यार्थी टिकाराम भट्टराईले बताए । सोही अबसरमा बिद्यालयका कक्षा कोठा, बिद्यालयको खेल मैदानमा रहेको फोहोर र बिद्यालय परिसरमा रहेको फोहोर सफा गरिएको कक्षा १२ का बिद्यार्थी घनश्याम चालिसेले बताए ।
Previous Articleफुटसलका चार खेल सम्पन्न
Next Article अण्डाको बोक्राले बनाउँछ राम्रो छाला