तारानाथ आचार्य/बागलुङ, २८ भाद्र
गत असार १३ गते यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराईले यातायात व्यवस्था कार्यालय बागलुङमा आएर पहिलोपटक स्मार्ट लाईसेन्स बितरण गरे । उक्त अवसरमा भट्टराईले अबदेखि निरन्तर लाइसेन्स बितरणको काम जारी रहने बताए । तर उनी फर्केपछि स्मार्ट लाईसेन्सको त कुरै छैन, सामान्य लाईसेन्स बितरणको काम पनि हुन सकेको छैन । अहिले कार्यालयका कर्मचारीले पुरानो लाइसेन्सको नविकरणको काम गरेर बसेका छन् ।
बिभागले आवस्यक भौतिक पुर्वाधार निर्माण नगरेको र कर्मचारीको पदपूर्ति नगरिदिंदा काम अन्यौल भएको शाखा अधिकृत देवबहादुर थापा सारुले बताए । ‘लाईसेन्सबारे दक्ष कर्मचारी नभएपछि हामीले त्यो काम थाल्न पाएनौ’ थापाले भने– ‘परिक्षा र कार्यालय सञ्चालन एकै पटक गर्नुपर्दा दक्ष कर्मचारीको अभाव भएको छ ।’ अर्कोतर्फ स्मार्टकार्डको बितरण सुरु भैसकेकाले आवस्यक स्वास्थ्य परिक्षण गर्ने कोठा र उपकरण पनि अभाव भएको उनले बताए ।
सेवाग्राहीको समस्याबारे बिभागमा जानकारी गराएपनि कुनैपनि व्यवस्था हुन नसकेको उनले बताए । स्मार्ट कार्ड बनाउँदा कार्यालयमै स्वास्थ्य परिक्षण गर्नुपर्ने, दक्ष कर्मचारी र आवस्यक उपकरण तथा कम्प्युटर नेतवर्किङको व्यवस्था हुनु आवस्यक पर्छ । यातायात व्यबस्था कार्यालयले बिगत ४ बर्षदेखि लाईसेन्स खुलाएको छैन । गत बैशाख एकपटकका लागि खुलेको परिक्षामा झण्डै ५ सय ६ जनाले साधारण लाईसेन्स बनाएका थिए । ‘रोकिएको परीक्षा चार्डपर्व र चुनावपछि तत्काल शुरु गछौं’ थापो भने, ‘कर्मचारी र पुर्वाधारको व्यवस्थाका लागि बिभागको निर्देशन पर्खेका छौं ।’ सबै काम बिभाग मार्फत हुने भएकाले कार्यालयले निर्णय गरेर जान नसकेको उनले बताए । धौलागिरीमा यातायात व्यवस्था कार्यालय खुलेको एक दशक पुगिसकेको छ ।
यो अवधिमा कार्यालयले अहिलेसम्म लाईसेन्सका लागि ट्रयाल परीक्षा संचालन गर्ने स्थान समेत बनाउन सकेको छैन । जग्गा अभावले काम अगाडि बढाउन नसकिएको भनेपनि कार्यालयमा आउने प्रमुखले पनि जिम्मेवारी लिने भन्दा जागिर खाने काम मात्र गर्दै आएका छन् । भाडामा जग्गा लिएर गरिएको परिक्षा रोकिएको समेत ४ बर्ष पुग्दा धौलागिरीका अधिकांस सवारी धनीले बिना लाइसेन्स सवारी गुडाईहेका छन् । केहीले पोखरा लगायतका स्थानमा पुगेर लाइसेन्स लिएका छन् । २०६९ सालमा कार्यालयले लिएको परीक्षामा अनियमितता भएको भन्ने आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो । उक्त अवनुसन्धान लगत्तै रोकिएको परीक्षा अहिलेसम्म संचालन हुन नसकेको हो । यसअघि भने धौलागिरीका चार जिल्लासहित गण्डकी, नारायणी अञ्चलदेखि पनि लाईसेन्स बनाउनेहरु आउने गर्थे ।
Previous Articleविद्यार्थीलाई पोशाक वितरण
Next Article २०७४ भाद्र २९ गते बिहिबारको राशिफल