बागलुङ, २८ भदौ – राष्ट्रिय जनमोर्चा काठेखोला गाउपालिका वडा नं ४ तंग्रामको भेला तथा प्रशिक्षण कार्यक्रम मंगलवार समपन्न भएको छ । भेलाले विष्णु कँडेलको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा थिरबहादुर राना, सचिवमा टीका संगम विक, सहसचिवमा मनरुपी थापा, कोषाध्यक्षमा भीमवहादुर विक रहेका छन ।
समितिको सदस्यहरुमा थमन पुन, भुवन सिंह थापा, कमला पुन, हरिभक्त थापा, दुर्गा विक, नरवहादुर थापा, दिलमाया किसान र हर्कराम थापा रहेका छन । समितिको सल्लाहकारमा लक्ष्मण पुन, ओम पुन, कमला थापा, कुल प्रसाद छन्त्याल र गिरवहादुर थापा रहेको तंग्रामबाट लक्ष्मण पुनले जानकारी दिए ।
राजमो जिल्ला सचिव धर्मवहादुर कुवँरले उदघाटन गर्नु भएको भेला तथा प्रशिक्षण कार्यक्रममा काठेखोला गाउपालिकाका सदस्य टीका संगम विक, लक्ष्मण पुन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रशिक्षण दिएका थिए । ओम वहादुर पुनको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन भीमवहादुर विकले र स्वागत मन्तब्य थिरवहादुर रानाले गरेका थिए ।
काँठेखोला–४ मा राजमोको अध्यक्षमा कँडेल निर्वाचित
Previous Articleभदौ ३० देखी असोज १ सम्म मतदाता परिचय पत्र पाइने
Next Article मालिका गापाको बिममा विद्युतीकरण