म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–७ बिम गाउँमा विद्युतीकरणको प्रयास गरिएको करिव ७ बर्षपछि विजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीबासीको लगानीमा गरिएको विद्युतीकरणको परिक्षण सफल भएपछि बुधबार देखी नियमित विद्युत आपूर्ति गरिएको वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ले बताए । ‘लामो प्र्रयास पछि गाउँमा केन्द्रि प्रशारण लाइन पु¥याउन सफल भएका छौ । औपचारिक कार्यक्रम गरेर उद्घाटन गर्नेछौ’ जुग्जालीले भने । उनका अनुसार साविकको बिम गाविसको ६ र ७ नम्बर वडाकोे सबै घरधुरीमा र १, २, ३, ४ र ५ नम्बर वडाको केही भागमा विद्युतीकरण गरिएको छ । विद्युतीकरण भएपछि स्थानीयबासी उत्साहित भएका छन् । पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १ सय ८५ घरधुरी लाभाविन्त भएका छन् । विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर सात हजार रुपैयाका दरले १२ लाख ९५ हजार रुपैयाँ संकलन गरेका अध्यक्ष जुग्जालीले बताए । प्राधिकरणले मुख्य प्रशारण लाईनको पोल, तार र ट्रान्सफर्मर, जिल्ला समन्वय समितिले गत आर्थिक वर्षमा २८ वटा पोल, उपभोक्ताबाट संकलित रकमबाट शाखा लाईनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वाईरीङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ । तत्कालिन विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रका प्रमुख शिव नेपाल रहेको बेलामा सुरु गरिएको पोल गाड्ने प्रयास विरोध र अवरोधका कारण अलपत्र परेको थियो । सातबर्ष पछी गाउँमा बिजुली बलेको छ । स्थानीयबासी तथा यूके, हङकङ लगाएतका देशमा रहेका बिमबासीको सक्रियतामा गाउँमा लघुजलविद्युत परियोजनाबाट विद्युतको प्रयोग गरिएको थियो । यसैविच छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा केन्द्रिय विद्युतीकरणको काम भइरहेको छ । धौलागिरी गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङबासी अझैपनि लघु जलविद्युत, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन् ।
Previous Articleकाँठेखोला–४ मा राजमोको अध्यक्षमा कँडेल निर्वाचित
Next Article पेट सफा राख्ने प्राकृतिक उपाय