बागलुङ, २८ भाद्र – जिल्लामा मंगलबारदेखि धौलागिरी अञ्चल स्तरिय रस आवर कप फुटसल प्रतियोगिता सुरु भएको छ ।
रश आवर फुटसल प्रा.लि. बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ बागलुङले लड स्पोर्टस् क्लब हटियालाई पराजित गरेको छ । विद्यार्थी संघले लड स्पोर्टस क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब ‘रातो’ बागलुङले धौलागिरी बहुमुखी क्याम्पसलाई पराजित गरेको छ ।
चिल्ड्रेन लाईफले क्याम्पसलाई १४–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले हरेक क्षेत्रको विकास नै नगर विकासको हुने भन्दै खेलकुदलाई समृद्विसंग जोड्नु पर्ने बताएका थिए । फुटसलमा लगानी गरेर जोखिम मोलेका बागलुङे युवाहरुले जिल्लाको नै प्रतिष्ठान बताएको भन्दै नगरप्रमुख पौडेलले खेलकुदका पुर्वाधार निर्माणमा नगरले विशेष प्राथमिकता दिएको बताए ।
रश आवर फुटसल प्रा.लि.का संचालक राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, जिल्ला फुटबल संघ बागलुङका संस्थापक अध्यक्ष राम शर्मा, खेलाडी संजय खड्काले बोलेका थिए । उद्घाटन समारोहको स्वागत संचालक प्रदिप शर्मा र संचालन राजु केसीले गरेका थिए ।
१४ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, बेस्ट किपर र अनुशासित टिमलाई सम्मान ३ हजार प्राप्त गर्ने र छन् ।
बुधबार मानव सेवा आश्रम विरुद्ध कालिका भगवती सेतो, दोस्रो खेल चिल्ड्रेन विरुद्ध सिम्फोनी कम्प्युटर, तेस्रो खेल कालिका भगवती युवा क्लब हरियो विरुद्ध मालढुंगा युवा क्लब र चौथो खेल रस्मी युथ सोसाईटी विरुद्ध नयाँ जिवन पुर्नस्थापना विच हुने रश आवसरका संचालक राजु केसीले जानकारी दिए ।