कोही रोजगारीको शिलशिलामा त कोही पढाईको लागि अनि कोही व्यापार–व्यवसाय गरेर अहिले पनि देशको राजधानी काठमाण्डौमा बस्नेहरुको संख्या दश लाखभन्दा माथि छ । उपत्यका बाहिरका जिल्लाहरुबाट त्यहाँ पुगेर आफ्नो दैनिकी चलाउनेका अलावा देशको एकमात्र अन्तराष्ट्रिय हवाईको बाटो पनि काठमाण्डौ अर्काे विकल्प छैन । यो वा त्यो बहानामा राजधानीमा पुग्नेहरुले यातायातको निकै समस्या खेप्ने गरेको तितो यथार्थ हम्रो सामु छ । नेपाली समाजमा सबैभन्दा महत्वका साथ चार्डवाडको समयलाई लिइने गरेको छ । देशमा रहेर पनि बिभिन्न पेसा व्यवसायको शिलशिलामा बाहिरी सहरमा बस्ने तथा रोजगारीको शिलशिलामा बिदेश पुगेका समेत यो समयलाई मध्यनजर गरेर घर फर्कने गर्दछन् । चार्डहरुको पनि ठुलो चार्ड भनेर चिनिने दशैं हाम्रो घरआँगनको नजिकै छ । यही समयलाई सदुपयोग गर्दै कमाउने र जमाउनेदेखि परिवार इष्टमित्र र आफ्नहरु सँगको मिठो संगमको आशा गर्नेहरु पनि यहि समयको सदुपयोग गर्ने पक्षमा छन् ।
सहर तथा गाउँघरको यति मिठो सम्बन्ध हुँदाहुँदै पनि कहिलेकाहीँ केही समस्याहरुका कारण सहर र गाउँघरको दुरीलाई निकै फराकिलो बनाउने गरेको छ । दशैंको बेला बजारमा हुने कृतिम अभाव, कालोबजारी त एक ठाउँमा छ, यही समयलाई मौकाको रुपमा प्रयोग गर्दै कमाउने भाडो बनाउने यातायात क्षेत्रका कारण पनि दशैंको समयमा उपभोक्ताहरुले सास्ती खेप्ने गरेका छन् । बिशेष गरेर दशैंको समयमा काठमाण्डौबाट घर फर्किनेहरुले टिकट नपाउने गरेको चर्चा पनि हरेक बर्ष चल्ने गरेको छ । यो साल पनि दशैं आउन करिब २०÷२५ दिन बाँकी रहँदै दशैंका लागि मंगलबारदेखी अग्रिम टिकट बुकिङ खुलेको छ । तर, काठमाण्डौको नयाँ बसपार्कमा मात्र हैन, गौशाला, कोटेश्वर, कलंकी, स्वयम्भु लगायतका स्थानमा अग्रिम टिकटका लागि पुगेका यात्रुको लामो लाइन छ । काठमाण्डौबाट छोटो तथा लामो दुरीको यात्राका लागि समयमा नै टिकट नलिंदा फर्कने समयमा खेप्नुपर्ने सास्तीका कारण टिकट बुकिङमा यात्रुहरुको लाम लाग्ने गरेको हो ।
एक दिनको यात्राका लागि टिकट खरिद गर्न दिनभरको लाइनमा बसेका यात्रुहरुले आफ्नो महत्वपुर्ण समय मात्र खर्चेका छैनन् उनीहरुको माझ त्रास पनि उत्तिकै कायमै छ कि कतै टिकट नपाइने त हैन् । काठमाण्डौमा लाग्ने यो लाइन यस बर्षको दशैका बेला मात्र हैन यस्ता दशौं दशैं अगाडीबाट यो क्रम चल्दै आएको छ । सरदरमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि यात्रुहरुको संख्या घटबढ हुँदैन् । लामो समयसम्म यो क्रम चलेकाले यातायात व्यवसायीदेखी सारोकारवाला राज्यका निकाय पनि यस बिषयमा जानकार छन् । यहि राज्य तथा सरोकारवाला र यातायात व्यवसायीहरुले असली नियतका साथ काम गर्ने होभने दशैंको टिकटका लागि नागरिकहरुलाई यत्रो सास्ती पर्दैनथ्यो । सरदरमा बिगतका बर्षहरुमा भएका यात्रुको संख्यालाइ मुल्यांकन गरी यस बर्षको यातायातको व्यवस्था गर्न किन सक्दैनन् सरोकारवाला । दशैं आउनुभन्दा एक महिना अगाडीबाट टिकटको लागि घण्टौं लाइनमा किन बस्नुपर्ने । आज आम नागरिकको चासोको बिषय बनेको छ । आखिर चल्ने तिनै साधन हुन चलाउने उनै संयन्त्र हुन् । सरोकारवाला तथा व्यवसायी यात्रुप्रति जिम्मेबार बनौ । नैतिकता देखाउँदै आफ्नो व्यवसाय प्रर्वद्वनको यो गतीलो मौका हो ।
Previous Articleधौलागिरी अञ्चल स्तरिय फुटसल शुरु
Next Article कहिले सहज होला खानेपानीको समस्या ?