बागलुङ, २८ भाद्र – बडिगाड गाउँपालिका–२ को वडा समितिको बैठक खर्वाङमा सम्पन्न भएको छ ।
बैठकले प्रस्तावित योजनाको लागत अनुमान गराउन तत्काल प्राविधिक माग गर्ने, जिससको भवन खर्वाङ तथा खर्वाङको तल्लो बजार जाने मोटरबाटो र हाँडीखोलाको पुरानो बाटो मध्यपहाडी लोकमार्गमा परेको तर लोकमार्ग निर्माण कार्यालयले सो बाटो निर्माण नगरेकोले तत्काल निर्माणको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै वडा नं. २ मा स्वास्थ्य चौकी नभएकोले गाउँपालिकामा माग गर्ने, विजया दशमीको अवसरमा प्रत्येक टोलमा १ गते अनिवार्य बाटोघाटो मर्मत तथा सरसफाई गर्ने र प्रत्येक महिनाको २ पटक गल्ली तथा टोल सफाई कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रत्येक महिनाको १० गते र मसान्तमा अनिवार्य बैठक बस्ने पनि निर्णय गरेको छ । त्यस्तै वडा नं. २ मा खिमलाल गिरि र लोकबहादुर थापालाई सुकुम्वासीको रुपमा पहिचान गर्ने निर्णय गरेको छ ।
वडिगाड गाउँपालिकाले भाद्र मसान्तसम्म सुकुम्बासीको पहिचान गर्न प्रत्येक वडा तथा टोललाई निर्देशन दिएको छ । बैठक कार्यबाहक वडा अध्यक्ष हिमा खरेलको अध्यक्षता तथा वडा सचिव गिता पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleविद्यालयमा अक्षयकोष स्थापना
Next Article धौलागिरी अञ्चल स्तरिय फुटसल शुरु