बागलुङ/नेकपा एमाले बा.न.पा–९ तित्याङ्गको वडा भेला सोमबार सम्पन्न भएको छ । भेलामा बोल्दै एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले नेपालको आर्थिक सम्वृद्धि, विकास र राष्ट्रियताको पक्षमा नेकपा एमालले मात्र नेतृत्व गर्न सक्ने बताउँदै स्थानीय तहको निर्वाचनमा जस्तै प्रदेश र राष्ट्रिय सभाको निर्वाचमा एमालेलाई विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा स्थानीय विभाग प्रमुख गणेश थापा, पूर्वजिल्ला कमिटी सदस्य प्रेम केसी, प्रमिला विक, क्षेत्रीय सदस्य नारायण पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष अनन्त खडका लगायतले बोलेका थिए । वडा कमिटी अध्यक्ष रुद्र खडकाको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत इन्द्रबहादुर खडका र संचालन टिकाराम थापाले गरेका थिए ।