चिकित्सकका अनुसार भर्खर जन्मेका शिशुलाई कम्तीमा पनि सातामा तीन पटक नुहाइदिनु पर्छ । त्यसबाहेक प्रत्येक दिन शिशुको मुख, हात खुट्टा तथा गुप्ताङ्ग सफा गरिदिनुपर्छ, ताकि कुनै किसिमको संक्रमण हुन नपाओस् ।
बच्चालाई नुहाउनु सामान्य काम होइन । बच्चाको छाला संवेदनसिल हुने भएकाले मनतातो पानी आवश्यक हुन्छ । चिसो वा अलि तातो पानीले उनीहरुलाई असर गर्छ । साथै लामो समय लगाएर पनि नुहाइदिनु हुन्न । निश्चित समयभित्र नुहाइसक्नु पर्छ । नुहाउँदा प्रयोग गर्ने साबुन बालमैत्री हुनुपर्छ, अर्थात बच्चाकै लागि तयार गरिदिएको साबुन प्रयोग गर्नुपर्छ । नुहाउने क्रममा कानमा पानी पस्ने, आँखामा, मुखमा साबुन पस्न सक्ने भय हुन्छ, जसप्रति सर्तक हुनैपर्छ । बच्चालाई नुहाइदिने अनेक तरिका छ । त्यसमध्ये निम्न विधीहरु अपनाउन सकिन्छ ।
टब बाथः बच्चाहरुलाई नुहाउनकै लागि बजारमा विभिन्न किसिमका आकर्षक बाथटबहरु किन्न पाइन्छ । हेर्दा राम्रो, आर्कषक तथा विभिन्न बनोटमा पाइने यस्ता बाथटबमा बच्चालाई राखेर आफू अनुकुल नुहाउन सकिन्छ । यसमा राखेर नुहाउँदा पानीको तापक्रमलाई सही राख्न सकिन्छ ।
स्पञ्ज बाथः चिकित्सकहरु बच्चालाई स्पञ्ज बाथ दिनको लागि अनुरोध गर्दछन् । बच्चाहरुको लागि स्पञ्ज बाथ आफैमा एक विकल्प हो । विशेषगरी अधिक चिसो महसुस गर्ने शिशुहरुका लागि स्पञ्ज बाथ राम्रो विकल्प हुनसक्छ । बाथ सीट वा बाथरः शिशुहरुलाई नुहाउन बाथ सीट वा बाथर पनि पाइने गर्दछ । यसलाई जहाँ लगेर पनि शिशुलाई नुहाउन सकिन्छ । यसमा बच्चालाई सुताएर पनि नुहाउन सकिन्छ । बाथ सीटमा राखेर नुहाउँनाले त्यहाँ भएको पानी आफै बाहिर बग्नुका साथै बच्चाले पनि नुहाउँदछ । यस्ता बाथसीट पा बाथर आफै बस्न नसक्ने बच्चाहरुको लागि मात्र उपयोगी हुन्छ ।
पारम्परिक स्नानः सामान्यतयाः बच्चाहरुलाई नुहाउँदा खुट्टामा राखेर नुहाउने परम्परा हामीका हावी छ । आज पनि कयौ आमाहरु शिशुलाई खुट्टामै राखेर नुहाउने गर्दछन् । बच्चाहरुको तेल मालिसको लागि पनि यो उपाय अपनाउने गरिन्छ । यो माध्यमबाट बच्चालाई नुहाउँदा एकातिर बच्चालाई आराम पुग्दछ ।
–एजेन्सीको सहयोगमा