बागलुङ/पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बागलुङ शाखाले नयाँ अभियानको सुरुवात गरेको छ । पत्रकारिता पेशालाई मर्यादित बनाउन भन्दै महासंघले शाखाले पहिलो चरणमा पत्रकारिताबाट अलग पेशा व्यवसायमा लागेका आफ्ना साधारण सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न सार्वजनिक रुपमा आग्रह गरेको छ ।
महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बसेको बैठकले पत्रकारितालाई थप मर्यादित, व्यवस्थित र व्यवसायिक हिसावले अघि बढाउन शुद्धिकरण अभियान अन्र्तगत पहिलो चरणमा स्वेच्छिक रुपमा सदस्यता त्यागको घोषणा गर्न सार्वजनिक रुपमा आव्हान गर्ने निर्णय गरेको शाखा सचिव राम थापा ‘अविरल’ले जानकारी दिए ।
‘स्वेच्छिक सदस्यता त्यागको घोषणा नैतिकताका हिसावले सक्रिय पत्रकारितामा नरहेकाहरुले स्वतस्फुर्त गर्नुहोस् भन्ने हाम्रो अपेक्षा हो,’ शाखा अध्यक्ष शिरीषले भने, ‘यसको अर्थ कुनै बेला पत्रकार भएर उहाँहरुले गरेको योगदानको अवमूल्यन गर्न खोजिएको होइन, यसमा हामी सजग छौ, बिगतको योगदानका लागि यथोचित सम्मान गर्नेछौ ।’ हाल बागलुङको पत्रकारीतामा महासंघको सदस्यता लिएकाहरु सकृय नरहेकाले यस्तो अभियानका लागि पहल गरीएको शिरीषले बताए ।
पत्रकार महासंघको सदस्यता लिने तर पत्रकारीतामा सुन्य उपस्थितिले पत्रकारिता माथि प्रश्न उठेकाले शुद्धिकरणा अभियानका लागि पहल गरिएको अध्यक्ष शिरीषले बताए । अहिले पत्रकार महासंघ बागलुङ शाखामा १ सय ८१ साधारण सदस्य छन् । शुद्धिकरण अभियानका लागि पत्रकार सम्वद्ध संघ संगठन र साधारण सदस्य रहेका पत्रकारहरु सँग पनि छलफल र समन्वय गरेर अघि बढ्ने महासंघले जनाएको छ । महासंघले यही असोज ७ गते भित्र समाचार, लेख, अडियो, भिडियो सामग्री र सम्वन्धित संस्थाको सिफारिस लिएर साधारण सदस्यता नविकरण गर्न पनि पत्रकारलाई आव्हान गरेको छ ।
Previous Articleशिशुलाई नुहाइदिने विधिहरु यस्ता छन्
Next Article जनप्रतिनिधिका १०० दिन