पर्वत/दशै तिहार लगायतका चाडपर्व नजिकिँदै गएपछि चाडपर्व लक्षित अनुगमन शुरु हुन थालेका छन् । चाडपर्वको समयमा अखाद्य बस्तुहरु बढी विक्रि हुने र अखाद्य बस्तुको प्रयोगबाट जनजिवनमा पर्ने असर प्रति सचेतना अप्नाउँदै जिल्ला अनुगमन समितिले कुश्मा बजार लगायत विभिन्न स्थानमा अनुगमन कार्य शुरु गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समिति संयोजक डिल्लीराम शर्माको नेतृत्वमा व्यवसायी, कोलेनिकाका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको टोलीले दोश्रो चरणको अनुगमन कार्यक्रम अन्तर्गत सोमबार होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरेको हो । यसअघि पहिलोचरणको अनुगमन कार्यक्रम अन्तर्गत किराना पसल तथा खाद्यन्न पसलहरुमा अनुगमन गरिएको थियो भने दोश्रो चरणमा कुश्माबजारको व्यस्त चोक शिवालय चोकमा बजार अनुगमन सम्पन्न भएको हो । सोमबार भएको अनुगमनमा विभिन्न २३ होटल तथा रेष्टुरेण्ट अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कतिपय होटल व्यवसायहरु विना दर्ता सञ्चालनमा आएको पाइएको थियो । त्यस्ता व्यवसायीलाई ७ दिनभित्र पूर्ण रुपमा दर्ता प्रक्रियामा जान निर्देशन दिइएको र दर्ता भएर सञ्चालन भएका तर मापदण्ड अनुरुप सञ्चालन हुन नसकेका व्यवसायीहरुलाई मापदण्ड पुरा गर्न भनिएको छ ।
Previous Articleपलम्बर तालिमको उद्घाटन
Next Article क्षयरोगबारे बुर्तिवाङमा अन्तरक्रिया कार्यक्रम