बागलुङ/जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषालले सिपलाई व्यवहारमा लागु गर्न नसकेको कारण नेपालीहरुले वेरोजगारीको समस्या झेल्नु परेको बताएका छन् । जिल्लामा शिवयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र बागलुङले सोमबारदेखि संचालन गरेको ४ महिने पलम्बर तालिमको उद्घाटन गर्दै उपप्रमुख भुषालले उक्त कुरा बताएका हुन । उनले हरेक व्यक्तिले आफुसंग भएको शिपलाई व्यवसायमा परिवर्तन गर्न सके स्वरोजगार बन्ने बताए । जिल्लामा दक्ष जनशक्ति नहुँदा विकास निर्माण तथा अन्य काममा समस्या भएपनि युवा युवती विदेश पलायन भैरहँदा आवश्यक जनशक्ति अभाव भैरहेकाले त्यसको पुर्ति गर्न तर्फ लाग्नुपर्ने भुषालले बताए । खानेपानी विद्यालयका भौतिक पुर्वाधार लगाएत सिपमुलक तालिम संचालन गर्ने केन्द्रका उपाध्यक्ष शालिकराम शर्माले बताए । अहिले जिल्लामा दैनिक पलम्वर, पेन्टर, जुत्ता, चम्पल, घर निर्माण गर्ने सिकर्मीहरु ६ सय भन्दा वढी जनशक्ति अभाव रहेको छ । त्यस्तै फर्निसिङ्गमा १ हजार र टेलरिङमा ५ सय दक्ष जनशक्ति अभाव रहेकोले त्यसको पुर्ति गर्न केन्द्रले विभिन्न सिपमुलाक तालिम प्रदान गर्ने जनार्ईको छ । धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रका अध्यक्ष केवी राना मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख पुर्णप्रसाद उपाध्याय, समुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य, समाजसेवी स्वामी रम्शानन्द गिरी, जिल्ला बहिरासंघका अध्यक्ष सन्तोष पौडेल लगाएतले प्राविधिक ज्ञान विनाको शिक्षा प्रभावकारी बन्न नसक्ने बताएका थिए । संस्थाका उपाध्यक्ष शालिकराम शर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचिव भुपाल चालिसेले गरेका थिए । अन्तराष्ट्रिय संस्था ओएनजिडी एफएनईएल लक्जेम्वरको आर्थिक सहयोगमा आयोजित ४ महिने पलम्वर तालिममा विभिन्न स्थानिय तहका युवाहरुको उत्साहजक सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
Previous Articleप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक
Next Article चाडपर्व लक्षित अनुगमन