बागलुङ/कक्षपती बन्धुहरुको एक भेलाले कक्षपति बन्दु बरिवार समिती गठन गरेको छ । भेलाले बिष्णुह कक्षपती अध्यक्ष रहेको १५ सदस्यिय कार्यसमिती गठन गरेको हो । समितीको उपाध्यक्षमा अनुपलाल कक्षपती सचिवमा दिनेश कक्षपती सह–सचिवमा श्याम कक्षपती कोषाध्यक्षमा गजेन्द प्रसाद कक्षपती र सह–कोषाध्यक्षमा उमाचरण कक्षपती चयन भएका छन् ।
समितीको सदस्यहरुमा पुष्पलाल कक्षपती, हरिगोपाल कक्षपती, चैतन्यसागर कक्षपती, यज्ञप्रसाद कक्षपती, बालगोपाल कक्षपती, श्रीकृष्ण कक्षपती र राजेश कक्षपती चयन भएको अध्यक्ष बिष्णुहरी कक्षपतीले बताए । २०५८ सालमा स्थापना भएको कक्षपतीहरुको पहिलोे १३ र पछि घटाएर ११ सदस्यीय बनेको समितीले कुल देवताको मन्दिरको निमार्ण तथा पाटीको निर्माण पछि जिम्मेवारी हस्तान्त्रण गर्न भेलाको आयोजना गरेको अध्यष कक्षपतीले बताए । समितिको सल्लाहकारमा निर्वतमान उपाध्यक्ष बिष्णु प्रसाद कक्षपती निर्वतमान सदस्यहरु सुर्यभक्त कक्षपती श्रवण कुमार कक्षपती तथा सुरेन्द्र प्रसाद कक्षपती लाइ मनोनयन गरेको छ ।