बागलुङ, २५ भाद्र
नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक जिप दुर्घटनामा परि घाइते भएका छन् । आइतवार बिहान जिल्लाको जैमिनी नगरपालिका १ टुनिवटमा बागलुङ बजारवाट दमेक तर्फ जाँदैगरेको बा ६ च ८२१७ नम्बरको ल्याण्डक्रुजर गाडीलाई कुश्मीसेराबाट आउदै गरेको ध १ ज ५११ नम्बरको जीपले ठक्कर दिँदा पाठक घाइते भएका हुन् ।
दुर्घटनामा परि जीपमा सवार जैमिनी नगरपालिका ७ की २७ वर्षीया बिमला सुवेदी पनि घाइते भएकि छन् । घाइते पाठकको दायाँ तर्फको निधारमा चोट लागेको घाइते पाठक र सुबेदी दुबैको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी चौकी कुश्मिसेराले जनाएको छ ।
पाठकको निधारमा ३ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एमालेका अन्य नेताहरु समेत सामान्य घाइते भएका छन् । बागलुङ बजारबाट जैमिनी नगरपालिका वडा नं. २ दमेकमा आयोजित पार्टीको वडा भेलामा सहभागी हुन जाने क्रममा एमाले नेताहरु चढेको गाडीलाई कुश्मिसेराबाट आउदै गरेको जीपले ठक्कर दिदा दुर्घटना भएको हो ।
पाठकसंगै गाडीमा सवार एमाले प्रदेश नंं. ४ संगठन कमिटिका सदस्य श्रीप्रसाद शर्मालाई हातमा र एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसीलाई घुडामा सामान्य चोट लागेको छ । त्यस्तै जिल्ला सदस्य इन्द्रबहादुर थापा र गाडीका चालक टिकादत्त उपाध्यायलाई पनि सामान्य चोट लागको छ ।
कुश्मिसेराबाट स्पिडमा आउँदै गरेको जीपले टुनीबोटमा एमाले नेताहरु चढेको गाडीलाई ठक्कर दिएको प्रहरी चौकी कुश्मिसेराका प्रहरी सहायक निरिक्षक देवराज बाँनियाले जानकारी दिए । नेताहरु चढेको गाडी दुर्घटनामा परेपछि नेकपा एमाले जैमिनी नगरपालिका वडा नंं. २ को भेला स्थगित भएको छ ।
Previous Articleगुल्मीमा डेटोनेटर र सुतली बमसहित युवक पक्राउ
Next Article कक्षपतीहरुको अध्यक्षमा बिष्णुहरी