अनिल खत्री
गुल्मी, २५ भदौ – जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका-८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरेको हो ।
श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफि्टफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
प्रहरीले रेसुंगा नगरपालिका-२ को प्रहरी चेकपोष्टमा चेकजाँज गरेको थियो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।