बागलुङ, २५ भाद्र – नेपाल विद्यार्थी संघ बागलुङ काठमाडौं सम्पर्क समितिले सहकारी तथा गरिबी राज्यमन्त्री चम्पादेवी खड्कालाई सम्मान गरेको छ । बागलुङ क्षेत्र नं १ बाट निर्वाचित खड्का राज्यमन्त्री बन्नु जिल्लाकै लागि गौरबको विषय भएको भन्दै नेविसंघ बागलुङ काठमाडौं सम्पर्क समितिले सम्मान गरेको हो ।
सो कार्यक्रममा राज्य मन्त्री खड्काले गरिवी निवारण गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताइन् । युवा विदेश पलायन हुने रोक्नुपर्ने बताउँदै मन्त्री खड्काले दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने बताइन् । नेविसंघका युवाले नेपाली कांग्रेसलाई जिताउन पहल गर्नुपर्ने खड्काको धारणा थियो ।
सो कार्यक्रममा नेविसंघका उपाध्यक्ष डिल्लिराम सुवेदी, उपाध्यक्ष सागर परियार, सह–महामन्त्री हरिहर शर्मा, नेपाली कांग्रेस बागलुङ काठमाडौं सम्पर्क समितिका अध्यक्ष गणेश शेरचन, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि गणेश सापकोटा, नेविसंघ केन्द्रीय सदस्य आरसी भट्टराई, शैलेन्द्र शर्मा गौंडेल, सुनिता पोख्रल, नेविसंघ त्रिचन्द्र इकाई अध्यक्ष विष्णु पौडेल, नेविसंघ बागलुङका अध्यक्ष खड्क थापा, नेपाली कांग्रेसका नेता लक्षण आचार्य सुनिता पोख्रेल, नेविसंघ पूर्व केन्द्रीय सदस्य तिल बहादुर अधिकारी, नेविसंघ जनमैत्री क्याम्पस इकाई अध्यक्ष सुरज परियार लगायतले शुभकामना दिएका थिए ।
नेपाल विद्यार्थी संघ बागलुङ काठमाडौं सम्पर्क समितिका कार्यवाहक अध्यक्ष विशन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देस्यबारे नेविसंघका गणेश शर्मा चालिसे, स्वागत राजन चापागाई र सञ्चालन किरण रायमाझीले गरेका थिए ।