बागलुङ, २५ भाद्र – नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिएका छन् ।
नेकपा एमाले काठेखोला गाउँपालिका–७, रेश वडा कमिटिले शुक्रवार आयोजना आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको आवश्यकताका पहिचान गरी प्राथमिकताका आधारमा काम गर्दै जनतालाई समृद्धितर्फ अग्रसर गराउन अगुवाई गर्न जिसीले सुझाव दिए । कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका सह–संयोजक अञ्जु जिसी, जिल्ला सदस्य तथा वडा नं. ७ का नवनिर्वाचित वडा अध्यक्ष प्रेम लामिछाने, एमाले क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, प्रदेश विभागका सदस्य भीमबहादुर थापा, एमाले रेशका पूर्वअध्यक्ष थम्मनबहादुर जिसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका ओमबहादुर थापा लगायतले बोलेका थिए ।
अन्तरक्रिया कार्यक्रमका सहभागीले पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अगाडि बढाउन, पार्टी र जनप्रतिनिधिहरुबीच समन्वय गरेर अगाडि बढ्न, जनताका आवश्यकताहरुको पहिचान गरी प्राथमिकताका आधारमा विकास निर्माणका काम गर्नुपर्ने धारणा राखेका थिए ।
अन्तरक्रियामा जनप्रतिनिधिहरु चित्रकुमारी थापा (शारदा) र कृष्णबहादुर थापा पार्टीका अगुवाहरु टिकाबहादुर थापा, डिलबहादुर कार्की, ओमकार कुँवर, चुडामणी जि.सी, यामबहादुर कार्की, युवराज गौतम, राजु थापा, थम्मनबहादुर कार्की लगायतले एमालेको संगठन विस्तार र समाज रुपान्तरणमा एमालेको भूमिका लगायतका विषयमा सुझाव दिएका थिए ।
Previous Articleसाझेदारी सहकारीको अध्यक्षमा गौतम
Next Article राज्यमन्त्री खड्कालाई नेविसंघको सम्मान