बागलुङ, २५ भाद्र – साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको दशौ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बार्षिक साधारणसभाको उद्घाटन संस्थाका सल्लाहकार तथा समाजसेवी केवि राना मगरले गरेका थिए ।
साधारणसभाको उद्घाटनपछि बोल्दै राना मगरले देशको आर्थिक सम्मृद्धिका लागि सहकारी महत्पुर्ण बन्दै गएकाले यसको विकासका लागि राज्य र राजनीतिक दलहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए । उनले सहकारीलाई व्यवसायिक र उत्पादनशिल क्षेत्रमा लगाउन सकेमा मात्र सहकारी र सम्रग देशको विकास सम्भव भएको बताउँदै बचत गर्ने बानीको विकास गर्न समेत सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय संचालक समितिका सदस्य चण्डीप्रसाद शर्मा पौडेल, संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र आचार्य, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारी, कमर्सियल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणी पौडेल, सम्मानित व्यक्ति कर्णबहादुर हमाल, धौलागिरी एफएमका अध्यक्ष दुर्गादत्त शर्मा आचार्य, शेयर सदस्य गोपालबहादुर पौडेल र सुप्रिया सापकोटाले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट आवधिक बचतकर्ता, उत्कृष्ट दैनिक आवधिक बचतकर्ता, एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ नागरिक, उत्कृष्ट तथा पूर्व कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा संस्थाका सचिव तेजप्रसाद शर्माले प्रगति तथा कोषाध्यक्ष डिल्लीप्रसाद गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष राजु केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिप्रसाद गौतम र संचालन सचिव तेजप्रसाद शर्माले गरेका थिए ।
यस्तै, संस्थाको साधारणसभाले हरिप्रसाद गौतमको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । सभाले समितिको उपाध्यक्षमा तेजप्रसाद शर्मा, सचिवमा डिल्लीप्रसाद गौतम, सह–सचिवमा लक्ष्मी जैसी र कोषाध्यक्षमा गणेश लम्साललाई चयन गरेको छ ।
यस्तै, सदस्यहरुमा शारदादेवी रिजाल, सरस्वती कँडेल, निलकण्ठ शर्मा, हरिराम अधिकारी, गोविन्द बहादुर पौडेल, शम्भुराज पन्त र शिवनारायण शर्मालाई चयन भएका छन् । यस्तै पदेन सदस्यहरुमा निर्वतमान अध्यक्ष राजु केसी रहेका छन् ।
यस्तै साधारणसभाले उमाशंखर सापकोटाको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा सुर्य बहादुर महत र डिल्लीराज शर्मा रहेका छन् ।
Previous Articleट्याक्सी व्यवसायीको साधारणसभा
Next Article एमालेको निर्वाचन केन्द्रित अन्तरक्रिया