बागलुङ, २५ भाद्र – धौलागिरी ट्याक्सी व्यवसाय समिति बागलुङको छैठो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटनपछि बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश बहादुर सिंहले ट्याक्सी व्यवसाय र चालकहरु सधैं इमान्दार र अनुशासित हुनुपर्ने बताएका छन् । सिंहले ट्याक्सी व्यवसायीहरुले यात्रुहरुलाई राम्रो सेवा दिई एक पटक यात्रा गरेपछि पुन उक्त ट्याक्सीमा यात्रा गर्न मनलाग्र्ने गराउँनुपर्ने बताउँदै ट्याक्सी चालकहरुले पूर्ण रुपमा अनुशासनको पालना गर्नुपर्ने बताए ।
सिंहले ट्याक्सी व्यवसायीहरुलाई इमान्दार भएर कुनै यात्रीहरुले गाडीमा आफ्नो सामान छुटेमा प्रहरी कार्यालयमा सम्पर्क गरी यात्रुहरुलाई फिर्ता गर्नको लागि अनुरोध गरेका छन् ।
धौलागिरी ट्याक्सी व्यवसायी समितिका अध्यक्ष सन्त बहादुर पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उद्घाटनसत्रमा धौलागिरी अञ्चल वस व्यवसायी समितिका अध्यक्ष उमेश केसी, जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षिक छम बहादुर घर्ति र समितिका सदस्य गोपाल सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको उपलक्ष्यमा समितिले उत्कृष्ट व्यवसायी तुल पुर्जा र कुशल चालक दिपेन्द्र नेपालीलाई घोषित गर्दै पुरस्कार सहित सम्मान गरेको थियो । साधारणसभाको स्वागत सदस्य कमल गन्दर्भ र संचालन सचिव बाबुराम सापकोटाले गरेका थिए ।
Previous Article२०७४ भाद्र २५ गते आइतबारको राशिफल
Next Article साझेदारी सहकारीको अध्यक्षमा गौतम