सानैदेखि नेपाली लोकगीत र लोकदोहोरी भनेपछि हुरुक्कै हुने गीत संगीतको एउटा स्रोता अनि दर्शक विवश गैरे अब लोकदोहोरीको क्षेत्रमा आफ्नै शब्द, लय, स्वर र अभिनयका साथ बजारमा आएका छन् ।
बागलुङ गल्कोटमा जन्मिएका सालिन अनि भद्र गायक विशश गैरे अहिले रोजगारीको सिलसिलामा जापानमा छन् । आँखामा राखे पनि नबिझाउने र सानादेखि ठुलासम्म सबैसंग मिल्न सक्ने गैरेले यसपाली नेपाल आएको मौकामा करिब १ दर्जन गीत रेकर्ड गरेर पुनः जापान फर्किएका छन् । पछिल्लो समयमा अत्यन्तै मार्मिक ‘नरोउ धर्केर’ बोलको गीत नेपाली संगीतको बजारमा छाडेर उनी जापान फर्किएका छन् । उनको उक्त गीतले छोटो समयमा नै बजारमा चचौ कमाई सकेको छ ।
‘भर्खर जन्मिएको छोरोले बाउ नचिन्दै हिन्नु प¥यो प्यारी मलाई आशु बगाउदै, नभन न प्यारी तिमले आउन प्यारा फर्केर, आशु झार्दै आशु पुछ्दै नरोउ धर्केर’ बोलको कारुणीक गीतमा विवशले नेपालीले बिदेशमा भोगेका पिडा परिबारसंग छुट्टिएर विदेश हिन्दाको बास्तबिक कथा समेटेका छन् । विवशले यो गीतमा आफ्नै लय, शब्द र अभिनय रहेको छ । आफैले आवाज दिएको यो गीतमा उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन्भने गीतको बजार ब्यबस्थापन जनता डिजिटलले गरेको छ ।