म्याग्दी, २३ भाद्र – हिमाली जिल्ला मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएकोथियो । यस वर्ष अनुकुल मौसम, रोगकिराको समस्या कम भएको र नयाँ बोट थपिएकाले बढ्ने अनुमान गरिएको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।
मुस्ताङको कोवाङ, टुकुचे, मार्फत, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङको एक हजार ११५ हेक्टरमा स्याउ खेती भएको छ । ३७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ । रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलीसियस जातको स्याउ खेती गरिएको छ । गत वर्ष २३ करोड रुपैया मूल्य बराबरको तिन हजार २०० मेट्रिक्टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैचामा फलेका स्याउ ब्यापारीले अग्रीम पैसा दिएर खरिद गरिसकेका छन् ।
बेनी, पर्वत, बागलुङ, पोखरा, धादीङ, काठमाडौ, चितवन लगायतका सहरबाट आएर ब्यापारीले बगैचाबाट टिप्नु अघिनै बोटमै स्याउ खरिद गरेका थासाङ गाउँपालीका १ टुकुचेका निरज तुलाचनले बताए । उनले ४ सय १० बोट स्याउलाई तिस लाख रुपैयामा बगैचानै ठेक्का दिएको बताए । ‘उत्पादनमा सुधार आएको छ ,ब्यापारीको घुईचो लागेको छ’ तुलाचनले भने ‘स्याउको राम्रो मूल्य पाएका छौ ।’
भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भएपनि कतिपय ब्यापारीले पाक्नु अघिनै स्याउ बजार पु¥याउन थालेका छन् । रासायनीक मल र बिषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादीत मुस्ताङको स्याउ स्वादीलो र रसीलो हुनाले बजारमा प्रसिद्ध छ । बेनी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौ, चितवन, धादीङ, तनहुँ, स्यास्ङ्जामा मुस्ताङको स्याउ निकासी हुनेगरेको छ । वि.स २०६४ मा बेनी जोमसोम सडकको ट्याक खुलेपछि किसानमा उत्साह र जाँगर पलाउनुका साथै स्याउ खेतीमा उभार आएपनि बढ्दो तापक्रम र रोगकिराको समस्या स्याउ खेतीमा चुनौतीको रुपमा देखिएको मार्फा शितोष्ण बागबानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले बताए ।
‘पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवानै छैन’ अधिकारीले भने ‘तापक्रम वृद्धीसंगै स्याउखेती विस्तारै माथि चढ्दै गएको छ ।’ उत्पादन वृद्धीका लागि कृषकहरुले खेती विस्तारसंगै बगैचा र रोगकिराको व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने अधिकारीले बताए ।
Previous Articleशैक्षिक संस्थामा अनुगमन शुरु
Next Article २२ किलोवाटको विद्युत उत्पादन