बागलुङ/ ढोरपाटनका स्तम्भकार डिल्लीप्रसाद गौतमलाइ धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण सहकारी संस्थाका कोषाध्यक्ष कमल थापाले बुधबार अभद्र व्यवहार गरेका छन् । बुधबार ढोरपाटन दैनिकमा प्रकाशित फोहोर व्यवस्थापन समस्या र सम्बन्धित निकायको मौनता शिर्शकको दृष्टिकोणलाइ लिएर डर धम्की र हातपात गरेको आरोप गौतमले लगाए । गौतमले आँफू असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरी पछि प्रहरी कार्यालयमा बसेको कानून व्यवसायी, पत्रकार, सहकारीका अध्यक्ष सहित प्रतिनिधि र बजारबासीको सर्वपक्षिय भेलाले थापा दोषी भएको ठहर गरेको छ । यस अघि पनि पटक पटक विभिन्न व्यक्तिलाई थापाले डरधम्की दिएको, हातपातको प्रयास गरेको खुल्न आएको छ । संचारमाध्यममा आएको समाचार र लेखको आधारमा घरमै पुगेर डरधम्की दिनु गलत भएको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए । ‘उनले घरमै गएर दिएको डरधम्की प्रति प्रहरी प्रशासन पनि गम्भिर भएको छ’ उनले भने, ‘अव देखि यस्तो काम नदोहोरिने र दोहोरिएको खण्डमा प्रहरीले पटके कायम गरी कानून बमोजिम कारवाही गर्ने गरी सहमति गरियो ।’ थापाले सार्वजनिक रुपमा माफी पनि मागेका छन् । पिडित गौतमले पनि नाटकीय स्वरुपमा आइन्दा यस्तो दुव्र्यवहार र धम्की आएमा नछाड्न आग्रह गरे । ‘मानसिक रुपमा पिडित भैसकेको छु, अव यस्तो नदोहोरियोस’ गौतमले भने, ‘चित्त नबुझेको कुरा नगरपालिका सँग छलफल हुनुपर्नेमा सहकारीका पदाधिकारीले घरमा आएर दिएको धम्कीबाट आँफू अपहरण पर्न सक्ने देखेर दाजुभाई गुहारेको पनि गुनासो गरे । कुनै पनि संचारमाध्यममा आएको सामाग्री उपर चित्त नबुझेमा प्रतिक्रिया लेख्न पाईने, व्यक्तिगत प्रतिष्ठामा आँच आएमा प्रेस काउन्सिलमा उजुरी दिने प्रावधान छ । थापाले भने पत्रिका प्रकाशित भएकै दिन घरमा पुगेर दुव्र्यवहार गरेकोले पहिलो गल्ती भएको भन्दै उक्त कागजात गरिएको हो । नगरपालिकाको फोहोर व्यवस्थापनका बिषयमा विभिन्न टिका टिप्पणी भैरहेका छन् । कर्मचारीतन्त्रले गरेको सम्झौता अनुसार सहकारीले फोहोर उठाइरहेको छ । उक्त सम्झौता प्रति जनप्रतिनिधिले भने निरन्तरता दिने नदिनेमा छलफल गरिरहेका छन् ।
Previous Articleपैसा लिएका सहकारी नै बेपत्ता !
Next Article कात्तिकसम्म सेरामा ल्याण्डलाइन फोन