बागलुङ/ जडान सुरु गरेको २१ घण्टामा नेपाली सेनाले जैमिनी नगरपालिका स्थित ठेउले खोलामाथिको पुल (बेलिब्रिज) निर्माणकार्य सम्पन्न गरेको छ । आवस्यक पुर्वाधार निमाण पछि जडान थालिएको पुल जडान कार्य सेनाले २१ घण्टामा सम्पन्न गरेको हो । पुल निर्माण सँगै जिल्लाको दक्षिणका जनताहरुको यात्रा सहज बनेको छ । सेनाले निर्माण गरेको पुलले जैमिनी नगर लगायत बरेङ गाउँपालिकाका सर्वसाधारणको आवज जावतमा समेत सहजता आउने सेनाले जनाएको छ । करिडोर निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण गरेको यो पुल महत्वपुर्ण रुपमा लिइएको छ । पुल निर्माणले वर्षायाममा बागलुङ जिल्लाका छिस्ती, जैदी, अर्जेवा, विनामारे, कुस्मीसेरा लगायत पर्वत जिल्लाको दक्षिण क्षेत्रका स्थानिय लावान्वीत हुने छन् । जैमिनीघाटमा निमार्ण भएको पुलले जिल्लाको दक्षिणका नागरीकहरुलाइ सिधा जिल्ला सदरमुकाम सँग जोड्ने स्थानिय गोबिन्द शर्माले बताए । झण्डै ४ करोडको लागतमा निमार्ण गरीएको पुल डियस आर मोडलको करिब ३२ मिटर लम्बाई र १४ फिट चौडाई रहेको पुल हो । पुलको ३० देखि ३२ मेट्रिक टन भारवहन क्षमता रहेको नेपाली सेनाले जनाएको छ । पुल निर्माण पछि प्रतिकृया दिदै जैमिनी नगरका उपमेहर लिला रानाले भारतको सुनौलीबाट नारायणघाट पोखरा हुदै बागलुङ आउने नेपालिहरुको झन्जट कम हुने बताए । रानाले पुलको निमाणले जिल्लाको दक्षिण क्षेत्रको बिकाशमा मह्रत्वपुर्ण अर्थ राख्ने भन्दै खुसी ब्यक्त गरे । नेपाली सेनाले जिम्मा लिएको कालीगण्डकी करिडोरको बागलुङ देखि गुल्मीको पालुङ खोला जोडने सडक खण्डमा सातवटा पुल आवश्यक पर्नेछन् । अहिले सम्म ४ वटा पुल निर्माण भएको र तिन वटा पुलको निमार्ण कार्य जारी रहेको बताउदै आएको छ । सडक निमार्ण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भटराईले मौसमले साथ दिएमा दशैँ तिहार भित्रै यातायात सुचारु हुने बताए । अहिले सम्म गुल्मीको घुमाउनेखोला, बागलुङ र गुल्मीको सिमानामा रहेको पालुङ खोला, जैिमनी नगरपालिकाको बेलबगर खोला, कुस्मेसेरा र बिनामारे जोडने ठेउलेखोलामा पुल निमार्ण सम्पन्न भएको छ । बाँकी छिस्ती र जैदीको सिमानामा रहेको बेलबगर चौरीखोला अमलाचौरको धापेखोला, नारायणस्थानको सिउडी खोलामा पुल निर्माण भए पछि सडक सहजरुपमा सञ्चालनमा आउने छ । करीडोर सञ्चालनमा आएमा बुटवल देखि बागलुङ सम्मको यात्रा ५ घण्टामा छोटिने छ ।