बागलुङ/ निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बागलुङले निजामति सेवा दिवसको बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा रक्तदान कार्यक्रम तथा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले कुनै व्यक्तिलाई जिवन दिनका लागि रक्तदान कार्यक्रम महत्वपुर्ण हुने बताए । कार्यक्रममा अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बोलेका थिए । कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद शर्मा न्युरेको अध्यक्षता, उपाध्यक्ष दुर्गाप्रसाद शर्माको स्वागत र सचिव गौरव दास बैरागीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleगल्कोट नगरविकास समितिमा रेग्मी
Next Article ठेउले खोला माथिको पुल निर्माणकार्य सकियो