बागलुङ, २१ भाद्र – स्थानीय तहको निर्वाचन भएको ४ महिना वितिसक्दा समेत सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्न नसक्दा विकास योजना प्रभावित हुने देखिएको छ ।
नगरपालिकामा ११ जना र गाउँपालिकामा ९ जना कर्मचारी तोक्ने भनिएपनि, आवश्यकता अनुसारको कर्मचारी अझै स्थानीय तहमा आइपुगेका छैनन् । सरकारले नै कर्मचारी व्यवस्थापनका सन्दर्भमा ठोस निर्णय गर्न सकिरहेको छैन ।
मचलाउ गतिविधिका लागि कार्याकारी अधिकृत र लेखापाल प्रायः सबै गाउँपालिकामा तोकिएको छ तर प्राविधिक नतोकिएका स्थानीय तहमा साउनदेखि सुरु भएको प्रथम चौमासिकमा गाउँ तथा नगर परिषदबाट विभिन्न योजनामा खर्च गरिने वजेट कसरी गर्ने भन्ने समस्या आएको छ । ढोरपाटन नगरपालिकामा ११ जना कर्मचारी हुनुपर्नेमा अहिले ४ जनाले काम चलिरहेको छ । जहाँ १ जना कार्यकारी अधिकृत, १ जना लेखापाल, १ जना सुब्बा र १ जना प्राविधिक रहेका छन् । ९ वटा वडा रहेको यस नगरपालिकामा २ जना सचिवले काम चलाइरहेका छन् ।
नगरपालिकामा अझै प्रशासकीय अधिकृत १ जना, सव ईञ्जीनियर १ जना कम्प्युटर अपरेटर १ जना र कार्यालय सहयोगी २ जनाको दरवन्दी खाली छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदासम्म चाहे अनुसारको काम भने हुन नसक्ने नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले बताए ।
तैपनि प्रथम चौमासिकमा गर्नुपर्ने कामहरुको १ जना प्राविधिक मार्फत स्टमेट भइरहेको र तत्काल तीव्र गतिमा काम सुरु गरिने योजना बनाइएको नगरपालिकाका कार्यकारी अधिकृत आचार्यको भनाई छ । नगरपालिकामा प्रथम चौमासिकको ९ करोड ३२ लाखको वजेट खर्च गर्ने अख्तियारी आएको उनले बताए । यस्तै गल्कोट नगरपालिकाको अवस्थापनि यस्तै छ । दरवन्दी अनुसारका कर्मचारी नभएकोले विभिन्न कठिनाई झेल्नु परेको छ ।
Previous Articleढोरपाटन नगरपालिकाका दुई विद्यालयमा चोरी
Next Article बोहरालाई उत्कृष्ट सेवा पुरस्कार