बागलुङ, २० भाद्र – बर्षात सकिएर चार्डपर्वको आगमनसँगै नेपाली सांगीतिक बजारमा बागलुङे सर्जकहरु छाउन थालेका छन् । दशैं तिहारको आगमनलगत्तै आउने लगनका महिनाहरुलाई ध्यानमा राखेर सर्जकहरुले गीति एल्बमहरु बजारमा ल्याएका हुन् । लोक सांगीतिक क्षेत्रको उर्वरभुमी मानिने बागलुङका सर्जकहरु माया–प्रेमका अलवा समय, परिवेश र प्रदेशका दुःख समेटिएका गीतहरु बजारमा लिएर आएका छन् । चार्डपर्वका बेला स्रोता तथा दर्शको माया अलि बढि नै मिल्ने भएकाले यो समयमा सर्जकहरु गीत बजारमा ल्याउन मोहित हुने चर्चित शब्द संकलक शिव अखेलीले बताए ।
‘किन्न क्यारेउ झोला र कपडा, कि भयो र साउसंग लफडा,
धानको बाला कोदाको कपनीले,
स्वागत गर्न आतुर छन् आउदैनौ र दशैमा
दिक्ष दियो हिजोको सपनीले ।’
निकै मिठो र मार्मिक शब्द लेखनमा माहिर अखेलीले यस बर्षको दशैंलाई कोशेली भन्दै ‘धानको बाला’ नामक एल्वम बजारमा ल्याएका छन् । प्रदेशमा रहेर पनि नेपाली लोकसंगीतका दुई दर्जन बढि गीतमा स्वर भरेका बागलुङे कलाकार सुर्य खड्काले यो गीतमा स्वर दिएका छन्भने उनलाई तारा पौडेलले साथ दिएकी छन् । एक सय भन्दा धेरै सफल गीतहरुमा शब्द भरेका अखेलीको शब्द तथा केशब रिजालको लय संकलनमा गीत बजारमा आएको हो । बागलुङको गल्कोटे सर्जकहरु पनि यहि मौका छोप्न तछाडमछाड गरिरहेका छन् । जापानमा कार्यरत रिष्मीका मेघराज सापकोटाको नयाँ गिती एल्बम ‘समय’ भर्खरै सार्वजनिक गरेका छन् । भर्खरै मात्र बजारमा आएको गीतमा चन्द्र क्षेत्रीको शब्द एवम दिनेश केसीले स्वर तथा लय भरेका छन् । यो गीत जापानमा रेकर्ड गरिएको हो ।
दशैं तिहारको मौकासँगै लगनका महिना समेत आउने भएकाले यो समय समेत छोप्न सर्जकहरु तछाडमछाडमा छन् । लोकगीत संगीतको उर्बर गलकोटका गायक कुलबिर थापा पनि गीत संगीतमा आफ्नो यात्रा प्रारम्भ गरेका छन् । लगनको महिनालाई लक्षित गरेर थापाले पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ बोलको गीत बजारमा ल्याएका छन् । जापानमा कार्यरत थापाले प्रेम प्रसँगमा आधारित गीत बनाएर त्यसको म्युजिक भिडियो बागलुङको गल्कोटमा बनाएका छन् ।
‘मिति तय गर्दै छु बिहेको, जानकारी गीतबाटै दिएको
लाउली सिन्दुर चुरा मायाले, यो लगनमा यस्तै भो
बिहे हुन अझै केहि साल कुर मायाले ।
गीतमा सर्जक शिव अखेलीको शब्द, ईश्वर सिंहको लय रहेको छभने स्वरमा थापालाई गायिका देबी घर्तीले साथ दिएकी छन् । अर्का गल्कोटे सर्जक विवश गैरेले नयाँ लोकदोहोरी गित लिएर नेपाली बजारमा आएका छन् । दशैं र तिहारको पुर्वसन्ध्यामा गैरेले ‘नरोउ धर्केर’ नामक गीत बजारमा ल्याएका हुन् । ‘नभन न प्यारी तिमले आउन प्यारा फर्केर, आशु झार्दै आशु पुछ्दै नरोउ धर्केर’ बोल दिईएको गीतमा बैदेशिक रोजगारीका क्रममा भोगेका भोगाईलाई समेटिएको गैरेले बताए । गीतमा गैरेले आफ्नै शव्द तथा लय भरेका छन्भने आवाजमा उनलाई पुर्णकला बिसिले साथ दिएकी छन् । गित जनता डिजिटलको व्यवस्थापनमा बजारमा आएको हो । –तारानाथ आचार्य
Previous Articleनमुना बन्यो प्रदेशकै उत्कृष्ट विद्यालय
Next Article ‘देउती’ को ‘मेटाफोर’