बागलुङ, १९ भाद्र – देशभरका लियो क्लबमा आवद्धता व्यक्तिहरुको २ दिने पहिलो काउन्सेलिङ मिटिङ तथा अवार्ड सेरोमोनी कार्यक्रम वितरण बागलुङमा हुने भएको छ ।
बागलुङमा सक्रिय लियो क्लब अफ बागलुङ कालिकाको आयोजना र लियो क्लब अफ धौलागिरी र लियो क्लब अफ बागलुङको सह–आयोजनामा भाद्र ३१ र असोज १ गते उक्त कार्यक्रम हुने आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । देशभरका लियो क्लबका एक हजार जनाको सहभागिता रहने उक्त कार्यक्रममा २३ लाख ८० हजारको खर्च हुने आयोजकले अनुमान गरेको छ ।
आयोजकले बागलुङको स्थानिय उत्पादन तथा कला र संस्कृतिकको प्रवद्र्धन, स्थानिय व्यापार व्यवसायको प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, बागलुङ तथा धौलागिरी क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक प्राकृतिक तथा पर्यावरणीय पर्यटनका क्षेत्रहरुको सम्भावना र अवसरको प्रचार प्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम बागलुङमा गर्न लागेको मुल आयोजक समितिका संयोजक भुवन कंडेलले जानकारी दिए ।
कार्यक्रममा आउने अतिथिहरुलाई आयोजकले बागलुङका पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउने र सवैलाई बागलुङ बजारमा राखिने व्यवस्था गरिएको जनाएको छ । लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष सन्दिप कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन श्रीकृष्ण पौडेलले गरेका थिए ।
Previous Articleभुस्याहा कुकुर नियन्त्रण
Next Article प्रदेशकै नमुना पुस्तकालय बनाउने हाम्रो अभियान