कुकुर एक इमान्दार प्राणी, जसको प्रयोगले हामीले धेरैकामहरु गर्छौ । त्यतिमात्र हैन नेपाली समाजमा कुकुरलाई इमान्दारिताको प्रतिकको रुपमा पुजा समेत हुने गरेको छ । घरमा पालिने कुकुर शत्रुहरुको प्रबेशमा रोक तथा जंगली जनावरबाट घरगोठको तथा खेतीपातीको सुरक्षाका लागि प्रयोग गरिन्छ । सामान्य खानपानमा समेत बाँच्ने भएकाले घरपालुवा जनावरमा कुकुर पाल्न निकै सहज मानिन्छ । कुकुर पाल्नका लागि जति सहज छ, कामका लागि जति इमान्दार छ त्यति नै कुकुरको दुरुपयोग तथा नियन्त्रण गुम्दाको बेफाइदा मानव जिवनलाई हुने गरेको छ । जब कुकुर नियन्त्रण भन्दा बाहिर रहन्छ उसले इमान्दारिता गुमाउन पुग्छ । अनियन्त्रीत कुकुरको सन्त्रासले मानविय दैनिकीमा समेत असर गर्ने गर्दछ । अनियन्त्रित कुकुरले गर्ने आक्रमणको शिकार बन्ने मानिस तथा चौपाया मृत्युको शिकार समेत हुने गरेका प्रशस्त घटनाहरु हामीले सुन्दै र भोग्दै आएका छौं । कुकुरको टोकाईबाट लाग्ने रेविज जस्तो खतरनाक रोगको समेत सिकार भएर मानिसहरुले ज्यान गुमाउनु परेको छ ।
यति हुँदाहुदै पनि हामीले घरमा पाल्ने कुकुरहरुको नियमित हेरचाह औषधि उपचार तथा नियन्त्रण गर्न नसक्दा हाम्रो गाउँ–टोल तथा नगरमा अनियन्त्रित (भुस्याहा) कुकुरको संख्यामा बृद्धि भइरहेको छ । भुस्याहा कुकुरका कारण हाम्रो सहरहरु साँझ परेपछि बाहिर निस्किी नसकिने अवस्थामा छन् । भुस्याहा कुकुरले सामुहिक रुपमा गर्ने आक्रमणको त्रास हाम्रा बस्तीमा छ । अर्कोतर्फ उनीहरुले निकाल्ने आवाजका कारण सहर ध्वनिको प्रदुषणमा छ । हामीले गर्ने नियन्त्रणमा लार्पवाहि र भुस्याहा कुकुरहरुको संसर्गले उत्पादित छाउरा कुकुरका कारण आज पनि सहरमा भुस्याहा कुकुरको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । हाम्रो सानो लार्पवाहिका कारण निम्तिएको भुस्याहा कुकुरको यो समस्या अहिले सामाजिक समस्याका रुपामा खडा भईरहेको छ । ‘भुस्याहा कुकुर’ अर्थात् खुट्टा भाँचिएका, आँखा फुटेका, अनेक छालाको रोगले ग्रसित । सडकमा हामप्ले छि–छि र दुरदुर गर्ने तिनै कुकुरको व्यवस्थापन मुख्य चुनौती बनेको छ । सरोकार वालाको बेवास्ता र नागरिकको कम चासोका कारण सम्भव भएर पनि भुस्याहा कुकुर व्यवस्थापन हुन सकेको छैन ।
भुस्याहा कुकुर सहरका सामाजिक समस्या हुन । यिनको बाँच्न पाउने पशुअधिकारको सुनिश्चिित गर्दै तत्काल व्यवस्थापन गर्नु बागलुङ नगरपालिकाको प्रमुख दायित्व हो । भुस्याहा कुकुरको औषधि उपचार, पुर्नबास तथा उद्धार जस्ता कार्यक्रम सञ्चालन गरि यिनको व्यवस्थापनमा सम्वन्धित नगर तथा गाउँपालिकाहरुको ध्यान जान जरुरी छ । बिदेशका चिल्ला कार र टल्किने दरवारहरुमा सजावटको रुपमा प्रयोग हुने कुकुरहरु आज हाम्रो सहरको नाली छेउछाउमा घुम्दै सहरलाई नै दुर्गन्धित बनाईरहेका छन् । हामीले उचित व्यवस्थापनको बाटो खोज्ने हो र उनीहरुको व्यवस्थापनमा थोरै मात्रै पनि प्रयास गर्ने होभने भुस्याहा कुकुरको व्यवस्थापन त्यति असहज छैन् । त्यो मात्रै होईन, भएकालाई व्यवस्थापन सँग–सँगै थप भुस्याहा कुकुरहरुको उत्पादन हुन नदिनको लागि जनस्तरमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तथा भुस्याहा कुकुरहरुलाई बन्ध्याकरण गरी उत्पादन बिमुख बनाउन आवस्यक छ । झट्ट हेर्दा सामान्य तर सहरको बिकराल समस्याको रुपमा विकास भईरहेको भुस्याहा कुकुरहरुको उचित व्यवस्थापन गर्न स्थानिय निकाय जिम्मेबार बन्नुपर्छ ।
Previous Articleकृषिजन्य उत्पादनमा करको सर्वत्र विरोध
Next Article लियो काउन्सेलिङ मिटिङ बागलुङमा