पर्वत, १९ भाद्र – जिल्लाको फलेवास नगरपालिकाका बासिन्दाले कृषि जन्य उत्पादनमा नगरपालिकाले घोषणा गरेको करको सर्वत्र आलोचना गरेका छन् ।
नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादनमा लगाएको निकासी करको नगरवासीले बिरोध जनाएका हुन् । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा लाग्ने करले नगरवासीहरुलाई नै आर्थिक बोध थप्ने भन्दै बिरोध जनाएका हुन् ।
ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि तेईस प्रकारका कृषिजन्य बस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाऊ निकासी पैठारी गर्नेहरुबाट कर उठाउने निर्णय गरिएको थियो । नगरपालिका भित्र उत्पादन हुने कृषि जन्य बस्तुहरुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरक फरक दररेट समेत कायम गरिएको भएपनि नगरपवासी द्धारानै बिरोध गरिएको हो ।
न्यूनतम एक रुपैयादेखि १ सय रुपैया सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आव्हान गरिसकेको अवस्थामा स्थानिय व्यावसायिक कृषकहरुले यसको ठाडै उल्लंघन गरेका छन् । नगरपालिका कार्यान्यन भएको शुरुमै कृषि क्षेत्रमा हात हाल्नु गलत भएको नगरपालिकाकै कायैकारी अधिकृत मोती सापकोटाले बताए ।
उनले शुरुमै यस क्षनेत्रमा कर लगाउन भन्दा पनि अन्य करयोग्य क्षेत्र खोज्न आग्रह गरिएको भएपनि नगरप्रमुख लगायत जनप्रतिनिधिबाट अटेर गरिएको बताए । नगरपालिकाको कार्यालयको आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख पदमपाणी शर्माको भनाई रहेको थियो ।
उनले नगरमा नेपालमै पहिलोपटक लगाउन खोजिएको करलाई फरक हिसावले टिप्पणी गरिएको समेत बताए । उनले १÷२ किलोमा नभई व्यावसायिक रुपमा कृषि पेश ागर्ने र निर्यात गर्नेका लागि मात्र कर लगाईएको बताए । नगरपालिकाले सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी लगायतमा निकासी वापत कर लगाईने भएको हो ।
Previous Article२०७४ भाद्र १९ गते सोमबारको राशिफल
Next Article भुस्याहा कुकुर नियन्त्रण