बागलुङ १७ भदौ -बागलुङ उद्योग बाणिज्य संघले पुष ७ गते देखि १५ गते सम्म पाँचौ बागलुङ महोत्सब सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेको छ । धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने सम्मेलन सफल बनाउन संघका अध्यक्ष जयराम भारीको मुल संयोजकत्वमा पाँचौं बागलुङ मुल आयोजक समिति गठन गरेको प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।
बैठकले संघका निर्बतमान अध्यक्ष बसन्त कुमार श्रेष्ठलाई अतिथि सत्कार तथा मन्च ब्यबस्थापन उप समितिमा चयन गरेको छ । त्यस्तै बरिष्ठ उपाध्यक्ष युबराज राजभण्डारीलाई झाँकी तथा ¥याली ब्यबस्थापन, प्रथम उपाध्यक्ष उमेश केसीलाई यातायात ब्यबस्थापन, द्वितिय उपाध्यक्ष नरेश कंडेल ब्यानर ब्यबस्थापन, महासचिव दयाराम पौडेललाई सचिवालय ब्यबस्थापन, कोषाध्यक्ष बिदेश कुमार श्रेष्ठ आर्थिक ब्यबस्थापनको जिम्मा दिएको हो ।
त्यस्तै उपमहासचिव उमाकान्त शर्मालार्य भलिबल प्रतियोगिता, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार समिति, सहकोषाध्क्ष अर्जुन चोखालको संयोजकत्वमा फोटो प्रदर्शनी उपसमिति गठन गरेको हो । सदस्यहरू सम्झना कंडेल, अर्चना पालिखे, भगवती केसीलाई बजार श्रृङ्गार, शशिकपुर श्रेष्ठलाई रेस्टुरेन्ट तथा अटोस्टल ब्यबस्थापन, शिव प्रसाद कंडेललाई खाजा ब्यबस्थापन, राजकुमार श्रेष्ठलाई साउण्ड सिस्टम ब्यबस्थापन, संजय कुमार श्रेष्ठलाई स्थल ब्यबस्थापन कमल प्रसाद श्रेष्ठलाई आर्थिक संकलन ब्यबस्थापन, हेम खत्रीलाई बिद्युत, प्रकाश आचार्यलाई खुल्ला दोहोरी गीत प्रतियोगिताको उप समिति संयोेजकको जिम्मेवारी दिइएको संघका अध्यक्ष जयराम भारीले बताए ।
यसै गरि महोत्सबमा संघका सदस्यहरू दिपक हमाल लाई टिकट ब्यबस्थापन, पूर्ण बहादुर केसीलाई उट ब्यबस्थापन, अर्जुन घिमिरेलाई स्वंय सेबक परिचालन तथा सुरक्षा सि सि टिभि ब्यबस्थापन, श्रीजय श्रेष्ठलाई खुल्ला नृत्य प्रतियोगिता, मनकाजी बिकलाई स्वास्थ, राजन कुमार शाक्यलाई रास्ट्रिय कलाकार ब्यबस्थापन, भबनराज बराललाई खानेपानी तथा सरसफाइ, धर्मराज पौडेललाई पार्किङ ब्यबस्थापन मधु राजभण्डारीलाई ठेलो प्रतियोगिता र महिला उद्धमी बिकास समिति महिला बिच लठो तान्ने प्रतियोगिता को उप समिती को संयोजकको जिम्मेवारी दिएको हो ।
Previous Articleदिगो विकासका लागि सहकारी पहिलो खम्बा: खतिवडा
Next Article २०७४ भाद्र १८ गते आईतबारको राशिफल