बागलुङ १७ भदौ – नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर डा. युवराज खतिवडाले सहकारीलाई पहिलो खम्बा बनाएर नेपालको दिगो विकासको लक्ष प्राप्तीका लागि अगाडि लानुपर्ने बताएका छन् । नेपालको तिन खम्बे अर्थ नितिको महत्वपुर्ण पाठो सहकारी भएको उनको भनाइ थियो । खतिवडाले सहकारि बिना दिगो बिकाश सम्भव नभएको जिकिर गरे ।
आदर्श संचार सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभाको उद्घाटन गर्न आएका डा. अतिवडाले राष्ट्र निर्माणका तीन खम्बा मध्ये पहिलो खम्मानै सहकारी भएको दावी समेत गरे । राजनीतिक परिवर्तन पछिको गणतन्त्रका मुल मन्त्र संस्थागत गर्न सहकारीको आवस्यकता परेको पनि उनले बताएका छन् । ‘समावेशी विकासको अवधारणालाई मूर्त रुप दिनका लागि सहकारीको विकल्प अरु केही छैन’ खतिवडाले भने, ‘सामाजिक न्याय, समावेशीकरण र निर्णय प्रकृयामा सबैको समान सहभागिताको मर्मलाई सहकारीले पुरा गरेका छन् ।’ सबै शेयर सदस्यले प्रश्न उठाउन पाउने, लाभको हिस्सा सबैले समान रुपमा पाउने तथा हरेक चुनौतीकोलागि साझा जिम्मेवारी बहन गर्न सहकारीले नीजि र सरकारी क्षेत्रलाई सिकाएको उनले बताए ।
आदर्श सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, सम्पादक रामबहादुर जिसीको संचालन र उपाध्यक्ष हुमाकुमारी जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक केवी उप्रेती, पूर्व अध्यक्ष मना केसी, जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । उक्त अवसरमा पत्रकार सन्तोष गौतम, टिकाबहादुर खड्का, देबबहादुर श्रेष्ठ, शंकर पाण्डे लगायतलाई सम्मान गरिएको थियो । सचिव प्रेम लामिछाने, कोषाध्यक्ष अनन्त खड्का र लेखा समिति संयोजक मिलन केसीको प्रतिवेदन पनि साधारणसभाले पास गरेको थापाले जानकारी दिए ।
Previous Articleसकियो प्रतिष्ठानको साधारणसभा
Next Article बागलुङ महोत्सवका लागि उपसमिति गठन