बागलुङ, १७ भाद्र – राष्ट्रिय लोक दोहोरीगीत प्रतिष्ठान अञ्चल कार्य समिति धौलागिरिको ७ औं साधारण सभा शनिवार बागलुङमा सम्पन्न भएको छ । गत आर्थिक बर्षका कार्यसमिक्षा तथा आगामि बर्षको कार्ययोजना निर्माण गर्दै भेला सम्पन्न भएकोहो ।
कार्यक्रममा लोक दोहोरीगीतको प्रचार प्रसारमा महत्वपुर्ण योग दान पुर्याएको भन्दै धौलागिरी टेलिभिजनका पत्रकार प्रकाश पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार राम शर्मा, राजु खड्का लगायतले साधारण सभाका अवसरमा शुभकाना दिए ।
साधारण सभामा प्रस्तुत प्रतिष्ठानका महासचिव पुर्ण परियारको प्रगति प्रतिबेदन र कोषध्यक्ष नहकुल ढकालको आर्थिक प्रतिबेद बिाबादका कारण पारित हुन नसकेपछि त्यसलाई थाति राखेर साधारण सभा सम्पन्न भएको छ । महासचिवको प्रतिवेदनमा केहि अष्पष्टता रहेको र कोषध्यक्षको प्रतिवेदनमा समेत प्रश्न उठेपछि त्यसलाई थाति राख्दै बन्दसत्र सम्पन्न गरिएको प्रतिष्ठान बागलुङका एक पधाधिकारीले जनमञ्चलाई बताए ।
अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष कृष्ण अँखेलीको स्वागत र महासचिव पुर्ण परियारको सञ्चालनमा कार्यक्रमा सम्पन्न भएको थियो ।
Previous Articleबास्तविक किसानलाई देउ अनुदान
Next Article दिगो विकासका लागि सहकारी पहिलो खम्बा: खतिवडा