बागलुङ, १७ भदौ
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सत्तार शक्तिको आधारमा अनुदान पाउने व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । शनिवार बागलुङमा सिम्रिक ृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभाको उद्घाटन गर्दै ढुंगानाले जन स्तरमा अनुदानका अनुभुति हुने वातावरण निर्माण गर्नुपर्ने बताए ।
‘कृषि क्षेत्रको विकासको लागि सरकारबाट आउने अनुदान पहुँचका आधारमा र सत्ताको वरिपरी घुम्ने टोलीले पाउने गरेकाछन्’ प्रमुख ढुंगानाले भने ‘मेहनत गर्ने बास्तविक किसानहरुले उक्त अनुदान पाउनुपर्छ ।’ गाउँघरका किसानहरुले थोरै थोरै रकम जम्मा गरेर कृषिको काम गरीरहेको बताउँदै तिनीहरुको आर्थिक विकासको लागि सरकारले केही आवस्यक निति निर्माण तथा सहायताको व्यवस्था गर्नुपर्ने ढुंगानाले बताए ।
उनले स्थानीय निकाय सञ्चालन सम्बन्धी विधेकहरु पारित नुहँदा कार्य सम्पादन गर्न अन्यौल सिर्जना भएको बताए । अझै पनि कुन कुन स्थानमा कुन कुन कार्यालय हुन्छ भन्ने ठोस् जानकारी आएको छैन प्रमुख ढुंगानाले भने स्थानिय तहमा रहने कार्यालयहरुको जानकारी नै प्राप्त नभएपछि काम गर्नको लागि धेरै समस्या भएको छ । प्रमुख ढुंगानाले भने अन्यौलको व्यवस्थापन गर्न सकिएन भने प्राप्त अधिकारहरु पनि गुम्न सक्छन् त्यसैले संसद र सरकारले गर्ने निर्णय छिटो हुनुपर्दछ ।
संस्थाले यस वर्षको कृषि पत्रकारीता पुरस्कार जननिगरानी साप्ताहिकका सम्पादक, धौलागिरी एफ एम र राजधानी दैनिकका संवाददाता नविन शिशिर विकलाई प्रदान गरेको छ । विकलाई १ हजार १ सय ११ रुपैयाँ सहित पुरस्कृत गरीएको थियो । यस्तै संस्थाले सल्लाहकारहरुबाट हरिनारायण गौतम, चल्ती बचत तर्फ अर्जुन कार्की, आवाधिक वचत तर्फ डोलेन्द्र गौतम, मासिक तर्फ सुनिता किसान, असल ऋणी तर्फ सावित्रा कार्की र मनिषा किसान उत्कृष्ट किसान तर्फ तिलक कुँवर र शिला कुमारी सुवेदी, जेष्ठ शेयर सदस्य मदन प्रसाद पाण्डे, संस्थाका शुभेच्छुक मान बहादुर कार्की र उत्कृष्ठ कर्मचारी खिम बहादुर कार्कीलाई सम्मान गरिएको थियो ।