–डा. केदार कार्की
आर्युवेद औषधिको भण्डार विशाल छ । आर्चाय भरकका अनुसार ‘श्वानौषध जगती किचितष’ अर्थात् जगतमा यस्तो कुनै पदार्थ छैन जुन औषधिको काममा नआउने होस् । जनताको स्वास्थ्यलाई सुधार्न र दुर्गममा बस्ने गरिब समुदायमा लागि चिकित्सा सेवा सुलभ गराउन र घरपालुवा पशुको उपचार गर्न आयुर्वेद उपचार पद्धति सबैभन्दा सहज हुन्छ । चिकित्सा स्वास्थ्य र दीर्घजीवनको क्षेत्रमा हाम्रो पुर्खाबाट सिद्ध गरिएको उपचारको स्रोत हो– आयुवेदिक उपचारपद्धति । परजीवीबाट ग्रसित भएपछि सामान्य आहारा दिँदा पनि पशु कमजोर हुन्छन् । यसले कृषकलाई निरास बनाउनुका साथै उत्पादनमा ह्रास आउँछ । कृषकले प्रत्यक्ष आर्थिक क्षति बेर्होनुपर्ने हुन्छ । पशुमा आन्तरिक अङ्ग तथा रगतमा प्रायः परजीवी पाइन्छ ।
पशुमा लाग्ने आन्तरिक परजीवीः गोलो जुकाः बुनोस्टोमम, हुकवर्म, हिमांशक, इसोफेगो स्टोमम, चेपटे जुका ः एम्फोस्टोम, लिबर फलुक, रक्त परजीवी फिले जुकाः मोनेजिया, डेवेनिया रेलिटिना, डायप्ली डियम, टिनिया इकाइने कोकस । रोगका लक्षणः उचित आहार दिँदा पनि ठीक ढङ्गबाट शरीरको विकास हँुदैन । दूध उत्पादन कम हुने, पशु लोसे भई बथानबाट छुट्टिएर हिँड्ने गर्छन् । स्वास्थ्य अवस्थामा भन्दा बढी आहारा खाने गर्छन् । दिशा गोटा पर्ने, खानी अरुची हुने, गोबरको रङ एवं मात्रामा परिवर्तन हुने, परजीवीको प्रभावमा पेटमा वायु भरिने उदरशुल एव ज्वरो आउने लक्षण देखापर्छन् । परजीवीको निदान गर्ने विधिः शरीरको बाहिरी भागको परीक्षणः सबै श्रावको परीक्षण गर्ने, गोबर परीक्षण गर्ने, गोबरमा पाइएका परजीवीका फुलको गणना गर्नुपर्छ । आर्युवेदिक उपचारः कीटनाशक औषधियुक्त बोटविरुवा महत्वपूर्ण औषधिजन्य बोटबिरुवाको बियाँ तथा पात खुवाएर पशुको आन्तरिक परजीवीको निदान गर्न सकिन्छ । जसले गर्दा परजीवी नष्ट भई तथा गोबरसँगै बाहिर निस्कनछन् । पलाँसः ब्युटिया फरन्डोसाः पलाँसको बियाँहरु पिँधेर पानीमा मिसाई करिब ३० मिनेट उमाल्नुपर्छ र चिसो भएपछि छान्नुपर्छ । यसरी तयार पारिएको काडा झोल सात दिनसम्म खान दिनुपर्छ । मात्राः गाईभैँसी ६० ग्राम, बाच्छा पाडा ः १५ ग्राम, बाख्रा ०८ ग्राम प्रतिदिन खानदिनुपर्छ । निमः अजरेडिका इन्डिकाः निमको पातलाई सामान्य तापक्रममा राम्रोसित सुकाएर मसिनो पारी पिँध्ने र दानामा मिसाएर खान दिनुपर्छ । गाईलाई प्रतिदिन १००, ग्राम बाच्छा बाच्छी २० ग्राम चिराइतोः स्वरेशियता चिरेताः चिराइतोको बियाँलाई पिँधेर पानीमा हाली ३० मिनेट जति राम्रोसित उमाल्नुपर्छ । चिसो भएपछि छानेर झोललाई लगातार सात दिनसम्म खानदिनुपर्छ । गाईलाई ३० ग्राम, बाच्छालाई ०८ ग्राम, बाख्रालाई ०४ ग्राम, प्रतिदिन खान दिनुपर्छ । –रातोपाटीबाट
Previous Articleतातोपानी बजारमा जमीन भाँसियो
Next Article जलवायू परिवर्तनको अध्ययन गर्न सांसद टोली म्याग्दीमा